गाउँमा बाढी पस्यो, गाउँलेहरु भागाभागको अवस्थामा
नेपालगन्ज, ३० साउन । विगत तीन दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षापछि राप्ती नदीमा जलस्तर बढेर गाउँमा बाढी पसेपछि स्थानीयवासीको भागाभाग भएको छ ।
बाँके जिल्लाको कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार, नदीको जलस्तर ८ मिटर ३० सेमि पुगेको छ । नदीमा पानीको सतह ५ मिटर ४० सेमि पुग्यो भने खतराको चिह्नमा पुगेको मानिन्छ ।
जलस्तर बढेर नदी क्षेत्रका टेपरी, पिप्रहवा, होलिया, बेतहनी, लक्ष्मणपुर, नरैनापुर, फत्तेपुरलगायतका गाउँमा बाढी पसेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
नदी क्षेत्रअन्तर्गत अति जोखिममा रहेको होलिया गाउँ बढी प्रभावित भएको सहायक प्रजिअ गन्जबहादुर एमसीले जानकारी गराए । उनका अनुसार सो गाउँका सबै जनता घर छाडेर सुरक्षित स्थानतर्पm लागेका छन् । “त्यहाँका नागरिक अहिले ज्यान बचाउन चिच्याइरहेका अवस्थामा छन्”, उनको भनाइ थियो । उनीहरुको उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ ।
राप्ती नदीको बाढीले गाउँ क्षेत्र डुबानमा परेपछि स्थानीय प्रशासन कार्यालयले कस्टर समूहअन्तर्गतको उद्धार समूह, राहत समूह र स्वास्थ्य समूहलाई नेपालगन्ज तथा सम्भावित डुबान प्रभावित गाउँ क्षेत्रमा परिचालन गरेको छ ।
आज बिहान अर्का सहायक प्रजिअ कृष्णप्रसाद आचार्यसहितको टोलीले बाढी डुबान क्षेत्रको अवलोकन गरेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्यस क्षेत्रका नागरिकको छिटो उद्धारका लागि केन्द्रसँग थप आवश्यक सहयोग माग गरेको छ ।
भारतले बाँके जिल्लाको नेपाल–भारत सीमा नजिक अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण राप्ती नदीको प्राकृतिक बहाव रोकिन गई बाँके जिल्लाको राप्तीपारी नेपाली भूमिका आधा दर्जनभन्दा बढी गाविसका नागरिक प्रत्येक वर्ष बाढी तथा डुबानको जोखिम मोल्न बाध्य छन् ।

प्रकाशित मिति:
August 15, 2014