उद्धार नभएपछि पहिरोका घाइतेहरुको अवस्था जटिल बन्दै
दिप बहादुर घर्ति
जाजरकोट ३० साउन । वुधवार राति देखि परेको भारी वर्षाले आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाहरुको समयमै उद्धार हुन नसकेपछि अवस्था जटिल बन्दै गएको छ ।
जाजरकोट ३० साउन । वुधवार राति देखि परेको भारी वर्षाले आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाहरुको समयमै उद्धार हुन नसकेपछि अवस्था जटिल बन्दै गएको छ ।
पहिरोमा परी घाइते घाइते भएका मध्य सक्ला ३ वन्डालाका जयलाल वोहरा उनका छोरीहरु १३ वर्षकी आरती वोहरा, १० वर्षकी कमला वोहरा, रामीडाडाँ ९ धौलाकोटका २६ वर्षका कर्णे नेपाली, ३० वर्षकी सुधा नेपाली, १२ वर्षका लले नेपाली र सक्ला ५ का १४ वर्षका सन्देश वस्नेतको अवस्था निकै चिन्ताजनक रहेको र शुक्रवार भित्र उद्धार नगरिए सवैको ज्यान जान सक्ने सक्ला ६ का स्थानीय डिल्ली रावलले वताए । उनले घाइतेहरुको उपचारका लागि स्थानीय स्वास्थ्य कर्मीले काम गर्न नसक्ने भएका कारण झन समस्या वढेको वताए ।
सदरमुकाम खलंगा देखि २ दिनको पैदल दुरीमा रहेका रामीडाडाँ र सक्ला गाविसका विभिन्न गाउँमा विहिवार विहान पहिरोले घर पुरिदा घाइते भएकाहरुको खराव मौसम र सरोकारवालाहरुको वेवास्ताका कारण हाल सम्म उद्धार हुन नसकेको हो । घाइतेहरुको अवस्था चिन्ताजनक वन्दै गएको स्थानीयहरुको भनाइ छ ।
पहिरोमा परी ४ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका थिए । घाइते मध्य ६ जनाको अवस्था निकै चिन्ताजनक रहेको भएपनि गृहमन्त्रालयले समयमा नै हेलिकोप्टरको व्यवस्था गर्न नसक्दा समस्या परेको हो ।
जिल्ला दैवी प्रकोप उद्धार समितीको विहिवारको वैठकले तत्काल घाइतेहरुको उद्धारका लागि मन्त्रालयसंग अनुरोध गरेपनि शुक्रवार सम्म उनीहरुलाइ उद्धारको कुनै काम गर्न नसकिएको रामीडाडा ८ का चन्द्रवहादुर खड्काले वताए । एकातिर घाइतेहरुको वेहाल अर्काेतिर विस्थापितहरुको विचल्लीले गर्दा गाउँमा निकै सन्त्रास फैलिएको खड्काले वताए ।
पहिरोले घर पुरेका र उच्च जोखिममा घर परेर विस्थापित भएका २० परिवारका सर्वसाधारणहरु कालीका मावि रामीडाडाको प्रांगणमा वसिरहेको र उनीहरुको लागि कपडा र खानाको समस्या रहेको उनको भनाइ छ ।
राति घरमा सुतिरहेको अवस्थामा पहिरोले घर वगाउदा उनीहरु दुघर्टनामा परेका हुन् । सक्ला र रामीडाडाँ गाविसका पहिरो प्रभावित क्षेत्रमा जाने वाटो र पुल समेत भत्केपछि उनीहरुलाइ स्थानीयले समेत सहयोग गर्न पाएका छैनन् ।
चार जना मृतकका परिवारलाइ क्रिया खर्च स्वरुप १० हजारका दरले ४० हजार नगद सहयोग उपलव्ध गराउन, विस्थापितहरुका लागि कपडा भाडाकुडा र खाद्य सामाग्री लिएर रेडक्रस, उद्योग वाणिज्य संघ, प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुको एक टोली पैदल हिडेर प्रभावित क्षेत्र तर्फ लागेको छ ।
जाजरकोट उद्योग वाणिज्य संघले शुक्रवार पहिरो पिडितहरुका लागि रहत रकम संक्लन गरेको छ । कार्यसमितिका सदस्यहरुले ५७ हजार उठाएको र अन्य व्यापारी र सर्वसाधारणहरुवाट थप रकम उठाएर पिडितहरुको सहयोगका लागि सामाग्री प्रभावित क्षेत्रमा पठाएको संघका अध्यक्ष कमानवहादुर खड्काले वताए ।
पहिरोमा परी रामीडाडा र रोकायगाउँका ३० घर पुर्ण रुपमा ध्वस्त भएका छन् भने अन्य ५० वढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोले सक्ला, रोकायगाउँ र रामीडाडाँका ४० घरपरिवार वुधवार राति देखि परेको अविरल वर्षाको क्रम शुक्रवार राति सम्म पनि नरोकिएको तथा पहिरो जाने क्रम पनि निरन्तर रहेको स्थानीयहरुको भनाई रहेको छ ।
वाढी पहिरोका कारण जिल्लाका एक दर्जन वढी गाविसमा धान र मकैं वाली पुरै नष्ट भएको छ । वाढी पहिरोले खोतवारी वगाएपछि ठुलो मात्राको अन्नवाली नष्ट भएको हो ।
खेतवारीमा लगाएको अन्नवाली पहिरो र वाढीले वगाएपछि स्थानीयहरु समस्यामा परेका छन् । विहिवार राति देखि परेको अविरल वर्षातका कारण आएको पहिरोले छिन्चु जाजरकोट सडक खण्डको कुदुमा सडक भत्काउदा जाजरकोटको यातायात वन्द भएको छ भने ग्रामीण भेगको फोन सेवा अवरुद्ध भएको छ ।
प्रकाशित मिति:
August 15, 2014