पहिरोपीडितको सहयोगका लागि रु पाँच लाख हस्तान्तरण
काठमाडौँ, १ भदौ । सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोबाट पीडित परिवारको सहयोगका लागि सिन्धु मिलन केन्द्रको अगुवाइमा सङ्कलिन रु. पाँच लाख शनिबार लामोसाँघुमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको छ ।
केन्द्रका आजीवन सदस्य, विभिन्न सङ्घसंस्था र सहृदयी महानुभावहरूबाट राहत सङ्कलन गरिएको र यो कार्यक्रम जारी रहेकाले छिट्टै दोस्रो चरणअन्तर्गतको राहत हस्तान्तरण गरिने केन्द्रले जनाएको छ ।
केन्द्रले उक्त घटनाबाट पीडित परिवारलाई यथाशीघ्र पुनर्वास गर्न सम्बन्धित निकयासँग मागसमेत गरेको छ ।

प्रकाशित मिति:
August 17, 2014