पाँच विद्यार्थी संगठनको मागलाई जिल्ला शिक्षा कार्यालयद्धारा हेरफेर
दिप बहादुर घर्ति
जाजरकोट १ भाद्र । संयुक्त विद्यार्थी संघर्ष समितिले राखेका मागलाई जिल्ला शिक्षा कार्यालयले हेरफेर गरेको छ । सबै विद्यार्थी संगठनहरु संघर्षमा उत्रिन थालेपछि जिल्ला शिक्षा कार्यालयले विद्यार्थीका मागलाई हेरफेर गरेको हो ।
जाजरकोट १ भाद्र । संयुक्त विद्यार्थी संघर्ष समितिले राखेका मागलाई जिल्ला शिक्षा कार्यालयले हेरफेर गरेको छ । सबै विद्यार्थी संगठनहरु संघर्षमा उत्रिन थालेपछि जिल्ला शिक्षा कार्यालयले विद्यार्थीका मागलाई हेरफेर गरेको हो ।
जिल्लामा विद्यार्थीहरुका क्रियाशिल नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू ( क्रान्तिकारी ), अनेरास्ववियू क्रान्तिकारी र राप्रवि संघ संगठनहरुको संयुक्त विद्यार्थी संघर्ष समितिले जिल्ला शिक्षा कार्यालय जाजरकोटमा गत साउन २८ गते २४ घण्टे अल्टीमेटम दिएर ३ बुद्धे माग सहितको ज्ञापन पत्र पेश गरेका थिए ।
विद्यार्थीहरुको संयुक्त संघर्ष समितिले राख्दै आएका लियन दरबन्दी फिर्ता, माविहरुले मनपरि ढंगले उठाउदै आएको चारीत्रिक प्रमाण पत्र शुल्कलाई जिल्ला भरी एकरुपता कायम गर्ने र जिशिकाले निर्माण गर्ने भौतिक पुर्वाधारवाट प्रतिसतका आधारमा लिईने कन्टिनजेन्सि लगाएतका मागहरुमा जिल्ला शिक्षा कार्यालयले हेरफेर गर्ने भएको छ ।
निमावि थायी दरबन्दीमा रहेर मावि दरबन्दीमा पढाई रहेका प्रेम प्रशाद घर्ति, प्रावि थायी दरबन्दीमा रहेर मावि दरबन्दीमा पढाई रहेका मान बहादुर थापा, प्रावि थायी दरबन्दीमा रहेर मावि दरबन्दीमा पढाई रहेका जनक सिंह, प्रावि थायी दरबन्दीमा रहेर निमावि दरबन्दीमा पढाई रहेका काली बहादुर सिंह, प्रावि थायी दरबन्दीमा रहेर मावि दरबन्दीमा पढाई रहेका गोविन्द शाही, प्रावि थायी दरबन्दीमा रहेर मावि दरबन्दीमा पढाई रहेका धन बहादुर थापा, प्रावि थायी दरबन्दीमा रहेर निमावि दरबन्दीमा पढाई रहेका राजेन्द्र चौधरी र प्रावि थायी दरबन्दीमा रहेर मावि दरबन्दीमा पढाई रहेका नारायण सिंह गरि ८ वटा लियन दरबन्दी तत्काल पिर्ता हुनु पर्ने नेविसंघका कावा अध्यक्ष छवि पन्तले वताए ।
मावि स्तरिय चारित्रिक प्रमाण पत्रको शिव संकर उमावि जगतिपूरले ५ हजार, वाल उमावि झाप्राले २५ सय , थर्पु मावि ढिमेले २ हजार र दिपेन्द्र मावि घरंगाले ३ हजार शुल्क लिने गरेका छन पन्तले भने जिल्ला शिक्षा कार्यालयले निर्माण गर्ने विद्यालय भवनवाट जिशिकाका प्राविधिकहरुले खुलेआम कन्टिजेन्सि वापत भनेर १० देखि १५ प्रतिसत सम्मको रकम माग्ने गरेका छन यो सबै प्रक्रियाको अन्त्य हुनु पर्छ ।
विद्यार्थीहरुले ज्ञापन पत्र मार्फत कार्यालयमा राखेका मागहरुको संवेनशिलतालाई समयमै ध्यानमा राखेर विद्यार्थीहरुका सवै मागहरुलाई कार्यालयले हेरफेर गरिसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा रहेका ८ वटा लियन दरबन्दीमा राजेन्द्र चौधरी र काली बहादुर सिंहको लियन दरबन्दी फिर्ता गरिसकेको र अरु ६ जना शिक्षकलाई लियन दरबन्दी फिर्ताको पत्र थमाई सकेको र अव छिट्टै सवै लियन दरबन्दी फिर्ता हुने जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले वताए ।
उनले विद्यार्थी चारित्रिक प्रमाण पत्र मावि स्तरको शुल्क १ हजार र उमावि स्तरको शुल्क १५ सय जिल्ला भरीमा कायम गरिने सहमति भई सकेको जिल्ला शिक्षा समितिले निर्णय गर्न वाँकी रहेको चर्चा गरे । साथै जिल्ला शिक्षा कार्यालयले निर्माण गर्ने विद्यालय भवनवाट कन्टिजेन्सि वापत भनेर १० देखि १५ प्रतिसत सम्म प्राविधिकले रकम मागेको विषयमा विद्यालय निरिक्षक मान बहादुर गिरी संयोजक, सदस्य विद्यार्थी नेता छवि पन्त र पार्वति वि.क रहेको ३ सदस्य गुनासो संकलन समिति गठन गरिएको र उक्त गुनासो संकलन समितिले संकलन गरेका गुनासाहरुका आधारमा विद्यालय भवनवाट कन्टिजेन्सि वापत प्राविधिकहरुले लगेको रकम फिर्ता गर्ने शिक्षा अधिकारी श्रेष्ठको भनाई छ ।
प्रकाशित मिति:
August 17, 2014