दुई दिन पछि घाइतेको उद्धार, खराव मौसमका कारण राहत सामाग्री पुराउन समस्या
दिप बहादुर घर्ति
जाजरकोट १ भाद्र । पहिरोमा परि घाइते भएका जिल्लाका ११ जनालाइ शनिवार नेपाली सेनाको हेलिकोप्टरवाट दुइ दिनपछि उद्धार गरिएको छ । खराव मौसममा सुधार आए पछि हेलिकोप्टर द्धारा घाईतेको उद्धार गरिएको हो ।
जाजरकोट १ भाद्र । पहिरोमा परि घाइते भएका जिल्लाका ११ जनालाइ शनिवार नेपाली सेनाको हेलिकोप्टरवाट दुइ दिनपछि उद्धार गरिएको छ । खराव मौसममा सुधार आए पछि हेलिकोप्टर द्धारा घाईतेको उद्धार गरिएको हो ।
विहिवार विहान पहिरोले घर पुरिएर घाइते भएका सकला गाविस वडा नं ३ र ८ का ७ जना र रामीडाडाँ ९ का ४ जना गरि ११ जनालाइ उपचारका लागि सेनाको हेलिकोप्टरवाट नेपालगन्ज लगिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी चक्रवहादुर सिंहले वताएका छन् । उनका अनुसार सक्ला ३ का जयलाल वोहरा उनकी छोरीहरु कमला वोहरा र आरती वोहरा, डिल्लीवहादुर नेपाली र सन्देश वस्नेत तथा रामीडाडाँका लले नेपाली, कर्णे नेपाली र सुधा नेपाली लगाएतलाइ शनिवार साँझ उद्धार गरिएको हो । घाइतेहरुको उद्धार गरिएपनि विस्थापितहरुका लागि भनेर जम्मा गरिएको राहत सामाग्री साधनको अभावमा सदरमुकाममै थन्किएको छ ।
उद्योग वाणिज्य संघले पहिरो पिडितहरुका लागि भनेर संकलन गरेको अत्यावस्यक खाद्य सामाग्री जिल्ला प्रहरी कार्यालयमा थन्किएको जाजरकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्तप्रसाद शर्माले वताए । उनले गाउँमा पहिरोवाट विस्थापितहरु भोक भोकै वसिररहेको र उनीहरुलाइ राहत सामाग्री पुरयाउनका लागि हेलिकोप्टरको आवस्यक्ता रहेपनि त्यो उपलव्ध नहुदा समस्या परेको छ भने ।
त्यस्तै गरि जिल्लाको रामीडाडा र सक्लामा पैरोमा परि मृत्यू हुने चार घर परिवारलाई जिल्ला दैविक उद्धार समितिले राहत स्वरुप ४ हजारका दरले ४० हजार राहत मृतकको घर परिवारलाई बुझाई सकेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले वताए ।
नेपाली सेनाको हेलिकोप्टर जिल्लामा आएर घाइते मात्र लिएर गएको तर राहत सामाग्री लिन नआएका कारण विस्थापितहरुका लागि सहयोग गर्न नसकिएको उनले वताए । सक्ला र रामीडाडाका ४० घर परिवारका लागि भनेर संकलन गरिुएको ८० वोरा चामल, ८ वोरा चिउरा, २० पेटी विस्कुट र ८० पेटी चाउचाउ सदरमुकाम खलंगा र लहँको कालीमाटीमा थन्किएको कोषाध्यक्ष शर्माले जानकारी दिए ।
घरमा वस्न नसकी पहिरोवाट विस्थापित भएकाहरु रामीडाडाँको कालीका माध्यामिक विद्यालय र सक्लाको दिपेन्द्र माविको प्रांङ्गनमा शरण लिएर वसिरहेको स्थानियहरु भनाई छ । पहिरो पिडित गाउँमा पुग्नका लागि खोला तर्ने पुल र वाटो भत्किएका कारण सामाग्री आपुर्ति गर्न समस्या परेको वताइएको छ ।
प्रकाशित मिति:
August 17, 2014