माघ ८ भित्रै मुलुकले नयाँ संविधान पाउँछ : नेता नेपाल
भदौ १ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माघ ८ भित्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।
राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले दलहरूको बीचमा संविधानका अन्तरवस्तुहरूको विषयमा गम्भीर रूपमा छलफल जारी रहेकाले माघ ८ गतेभित्रै नेपाली जनताले सङ्घीयतासहितको संविधान पाउने उल्लेख गरे ।
उनले भने, “संविधान निर्माणका आधारहरू तयार भइसकेको छ, दलहरूबीच असमझदारी नभए निर्धारित समयमै संविधान बन्छ ।” सहमतिकै आधारमा संविधान निर्माणमा सबैको जोड रहे पनि सहमतिमा संविधान बन्ने आधार निर्माण नभए प्रक्रियामा प्रवेश गरेर भए पनि संविधान बन्छ उनको कथन थियो ।
संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतको निर्वाचन हुनुपर्ने बताउँदै उनले संविधान निर्माणमा दलहरू प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।
मधेसप्रति आफ्नो पार्टीको सधैँ सकारात्मक दृष्टिकोण रहँदै आएको बताउँदै मधेस र एमालेको नङ र मासुको सम्बन्ध रहेकाले मधेसको विषयमा आफ्नो पार्टी चिन्तित रहेको उनले बताए ।

प्रकाशित मिति:
August 17, 2014