नेपाल बैंकको १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७९ करोड १५ लाख रुपैयाँमात्र रहेको थियो ।
बैंकले गत आवमा २ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले २ अर्ब ५२ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको थियो ।
बैंकको सञ्चालन मुनाफा २ गुनाभन्दा बढीले बढेको छ । बैंकको जोखिमपूर्ण कर्जा ४.७४ प्रतिशत, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ १७ पैसा, मूल्य आम्दानी अनुपात १४.७३ गुना, प्रतिशेयर नेटवर्थ ३४ रुपैयाँ ४६ पैसा रहेको छ ।
प्रकाशित मिति:
August 17, 2014