द्वन्द्वपीडित सेना र प्रहरीद्वारा पुनःबहालीको माग
काठमाडौँ, ३० भदौ । द्वन्द्वपीडित सैनिक र प्रहरीले आफूहरुलाई सेवामा पुनःबहाली गर्नुपर्ने माग गरेका छन् ।
आफूहरुलाई वैकल्पिक सुरक्षा निकायमा पुनःबहाली गर्नुपर्ने नभए समयावधिको आधारमा निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने मागसहित द्वन्द्वपीडित सैनिक र प्रहरीले आज धर्नासमेत दिएका छन् ।
द्वन्द्वपीडित सेना प्रहरी राष्ट्रिय सङ्घर्ष समितिको अगुवाइमा उनीहरुले रत्नपार्कस्थित शान्तिबाटिकामा धर्ना दिएका हुन् । आइतबार शान्तिबाटिकाभित्र धर्ना बस्दा प्रहरीले प्रक्राउ गरेपछि आज पुनः उनीहरु शान्तिबाटिका बाहिर गणेश मन्दिर नजिकै धर्ना बसेका छन् ।
विसं २०६८ मा शान्ति मन्त्रालयद्वारा सहसचिव साधुराम सापकोटाको संयोजकत्वमा द्वन्द्वपीडित सैनिक र प्रहरीबारे अध्ययन समिति गठन गरी सो समितिले औद्योगिक सुरक्षा बल, वन सुरक्षा दस्ता तथा अन्य वैकल्पिक समाधानका उपायहरु सुझावको रुपमा सरकारलाई पेस गरे तापनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
विगत छ/सात वर्षदेखि सङ्घर्ष गर्दै आएका द्वन्द्वपीडित सैनिक र प्रहरीले सङ्घर्षकै क्रममा २०७० साल असोज २ गतेदेखि ५७ औँ दिनसम्म सङ्घर्ष समिति सदस्य राजकुमार कामत आमरण अनशन बसेपछि माग पूरा गर्ने सहमतिसहित अनशन तोडिएको सङ्घर्ष समितिका संयोजक कृष्णप्रसाद कोइरालाले बताए ।
कामतले तत्कालीन माओवादी लडाकुलाई सेनामा समायोजन गरिए पनि आफ्ना पीडा बोकी न्यायको पर्खाइमा रहेका राष्ट्रसेवक कर्मचारीको समस्याप्रति राज्यले कुनै चासो नदेखाएको गुनासो गरे ।
पुनःबहालीको माग गरी विभिन्न चरणबद्ध सङ्घर्ष गर्दैै आएका द्वन्द्वपीडित सैनिक र प्रहरीको सङ्ख्या एक हजार ७५९ रहेको छ । रासस

प्रकाशित मिति:
September 15, 2014