बाेगटीकाे स्वास्थ्य अवस्था झनै गम्भीर ।
२९ भदाै, हृदयघातका साथै मस्तिष्कधात समेत भई थापाथली स्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा उपचारार्थ रहेका माओवादी नेता पोष्टबहादुर बोगटीको स्वाथ्य अवस्था झन नाजुक बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकहरुले उक्त कुराको जानकारी दिएका हुन ।
बोगटीको मष्तिष्कमा पुरै रगत जमेका र यसले गर्दा सम्पूर्ण अंग नचल्ने अवस्थामा पुगेको बताइएको छ । उनका उपचारमा संलग्न चिकित्सकहरुका अनुसार हाल उनलाई भेन्टिलेटरमा राखेर रक्तश्राब रोक्ने औषधी र अन्य जीवनदायी महत्वपूर्ण औषधीको प्रयोग गरी उपचार जारी राखिएको छ । अस्पतालका नायव प्रबन्धक आर .पी. मैनालीले आज एक विज्ञप्ती जारी गरी उनको स्वास्थ्य अवस्था बारे अवगत गराएका हुन । विज्ञप्तीमा भनिएको छ–‘हालको अवस्थालाई मध्यनजर गर्दे उनको पारिवारिक तथा पार्टीगत उपचारमा संलग्न चिकित्सकको राय अनुसार उनको जीवन रक्षाका लागि केबल परम्परागत एबं जीवनदायी औषधीमात्र उपयुक्त हुने छ । बोगटीको हृदयघातको अवस्था सुधार आएपनि मष्तिष्कघातले गर्दा अवस्था गम्भीर बन्दै गएको वताइएको छ । विहीबार राती हृदयघात भएपनि उनलाई परिवारले बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्र लगेका थिए । गंगालालमा लगेपछि मुटुको रक्तनली खुलाउन एन्जिओप्लाष्टी सर्जरी गरिएको थियो । उनको रक्तनली बन्द हुँदा झण्डै आधा भागमा रगत जमिसकेको थियो । जसले गर्दा उनको मष्तिष्कमा समेत रगत जमेको पाइएपछि उनलाई मष्तिष्कघात भएको पत्ता लागेको थियो । गत विहीबार राती अकस्तमात हृदयधात भए पछि सहिद गंगालाल हृदयराेग केन्द्र , बाँसबारी मा लगिएको थियो । मस्तिष्क धात समेत भएको पाइए पछि चिकित्सकहरूले थप उपचारका लागि उनलाई शुक्रबार दिउसो नर्भिकमा पठाएका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhlDL7Awg6rRGgAXs16cr3IsnBICXl21KqQoEfGEH4OlK6sXm8NXftDf0adgVE06Ugrq8mB-hq9Yu17aKGgMvy9ByQGXRc1lJqm0_awn11HJWDgzgYbpOiUE_ncJKaiL3YkUUZqoXjV1I4/s1600/posta.jpg)
प्रकाशित मिति:
September 14, 2014