ठेलामा फलफूल बेचेर दैनिक रु पाँच हजार कमाइ
म्याग्दी २ असोज । भनिन्छ ‘कुनै पनि काम ठूलो र सानो, राम्रो र नराम्रो हुँदैन ।’ सफल हुन नयाँ काम गर्नु पर्दैन, अरुले गरेका काम अलि फरक तरिकाले गर्ने हो भने त्यही कामबाट व्यक्ति सफल हुन धेरै समय लाग्दैन ।
बेनीको दरबाङ बसपार्कमा आठ वर्षदेखि ठेलामा फलफूलको व्यापार गर्दै आएका दोलखाका देवनारायण दाहाल र उनले ठेलामा राखेको फलफूल पसललाई हेर्दा कतिलाई ‘यस्तो व्यवसायबाट पनि के कमाइ होला र ?’ जस्तो लाग्न सक्छ । तर, तिनै दाहालले फलफूल बेचेर दैनिक रु तीन हजारदेखि रु पाँच हजारसम्म कमाइ गर्छन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्ला ।
करिब आठ वर्षअघि म्याग्दी छिरेका दोलखाली दाहालले सामान्य लाग्ने यो व्यवसायबाट पत्याउनै नसक्ने आम्दानीमात्रै गरेका छैनन्, ‘यस्तो महँगीमा सामान्य व्यवसायले साँझ बिहान हातमुख जोर्नै पुग्दैन’ भन्नेहरुका लागि खाई खर्च, घरभाडा कटाएर बचत गरेको पैसाले आठ वर्षको अवधिमा पर्वत बेनीमा घडेरी किनी घरसमेत बनाएका छन् र ‘देशमा केही छैन’ भनी विदेश भासिनेहरुलाई एकपटक सोच्नसमेत बाध्य बनाइदिएका छन् ।
“दोलखाबाट तीनजनाको परिवारसहित आम्दानीको खोजीमा बेनी आएपछि कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन,” ५४ वर्षीय दाहाल भन्नुहुन्छ, “यही ठेला नै मेरो लागि बाबुआमा र भगवान् बन्यो ।” विभिन्न किसिमका मौसमी तथा बेमौसमी फलफूलको व्यापार गर्दै आएका दाहाल र उनकी श्रीमती बिहान अरु उठिनसक्दा मङ्गलाघाटमा रहेको डेराबाट ठेलामा फलफूल राखी ठेला धकेल्दै बसपार्कमा आइपुग्छन् ।
आँप, केरा, स्याउ, अनारलगायतका फलफूलले भरिएको उनको ठेलावरिपरि ग्राहकहरु झुम्मिन पुग्छन् । “अहिले चाडबाडकोे मौसम सुरु भएकाले मान्छेहरुको भीड बढेको छ,” राससलाई प्रतिक्रिया दिँदै स्याउ जोख्न थाल्दछन् दाहाल । “भदौ अन्तिम सातादेखि व्यापार बढेको छ, दैनिक रु चार हजारभन्दा माथिको व्यापार छ, दसैँ नजिकिँदै गर्दा व्यापार झन् बढ्छ ।”
“आठ वर्षअघि घरबाट आउँदा रु चार÷पाँच हजारमात्र बोकेर आएको थिएँ, यो आठ वर्षको अवधिमा पर्वत बेनीमा घडेरी किनेर एउटा छाप्रोसम्म बनाएको छु,” दाहालले भन्नुभयो, “त्यो छाप्रो पनि भाडामा दिएर अहिले मङ्गलाघाटमा अलिकम भाडाको घरमा कोठा लिएर बसेको छु ।”

प्रकाशित मिति:
September 18, 2014