युवा नेता कृषि तथा पशुपालन व्यवसायमा
रौतहट असोज । राजनीति गर्नेले अन्य काम गर्दैनन् भन्ने मान्यतालाई चिर्दै कृषि र पशुपालन व्यवसायमा यहाँका युवा नेताहरू लागेका छन् ।
ती नेताहरूमध्येका हुन् – रौतहटको चन्द्रपुर नगरपालिकाका भुपेन्द्र खड्का, नन्दलाल साह र लक्ष्मी बराल । त्यसो त उनीहरूको राजनीतिक पृष्ठभूमि पनि फरकफरक छ ।
नेकपा (एमाले)का सक्रिय सदस्य तथा विकासे कार्यकर्तासमेत रहेका भुपेन्द्र खड्काले दुई बिघा जग्गा पाँंच वर्षका लागि भाडामा लिएर व्यावसायिक तवरले नयाँ प्रविधिबाट केराखेती सुरु गरेका छन् ।
उनले चितवन जिल्लाबाट उन्नत जातका दुई हजार माल्वो केराका बिरुवा ल्याएर रोपेका छन् । उनका अनुसार ती बोटले आगामी वैशाख महिनादेखि उत्पादन दिन सुरु गर्नेछ ।
उनले भने, “धेरै समय राजनीति तथा विकासे कार्यकर्ता भएर लागियो, सबैलाई सिकाइयो पनि, अब आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर केराखेती गर्न सुरु गरेको हुँ ।”
उनले भविष्यमा कृषि फार्म विकसित गर्ने र उत्पादित केरा स्थानीय बजार तथा काठमाडौंमा खपत गर्ने लक्ष्य रहेको पनि बताए ।
नेपाली काँग्रेसका महिला नेत्री लक्ष्मी बराल तथा नेकपा (एमाले)का पासपत साहले संयुक्त रूपमा गाईपालन फार्म खोलेका छन् ।
उनीहरूले गाईपालन गरेर मनग्य आम्दानी पनि गरिरहेका छन् । दूधको माग बढ्दै गएपछि उनीहरूले सुरुमा १८ वटा होलस्टोन जातका उन्नत गाईपालन गरी दुग्ध व्यवसाय सुरु गरेका थिए ।
रु एक करोड लगानी गरेर सुरु गरेको व्यवसायबाट आफूले अपेक्षित रूपमा आम्दानी गर्दै आएको बरालले बताए । हाल उनीको फार्मबाट दैनिक २०० लिटर दूध बिक्री वितरण हुँदै आएको छ ।
अर्कोतर्फ खड्काले सामाजिक र राजनीतिक काम सकेर बचेको समय केराखेतीमा लगाउने गरेका छन् ।
आम मानिसले राजनीति गर्नेले काम गर्दैनन् भन्ने गरेको सन्दर्भमा पनि अतिरिक्त आम्दानीका लागि व्यवसाय सञ्चालन गर्दा अन्त भौँतारिनु नपरेको खड्काको भनाइ छ ।
उनीहरूजस्तै चियाचौतारीमा बसेर राजनीतिका कुरा गरेर व्यर्थमा समय खेर फाल्ने राजनीतिकर्मीहरूले आम्दानी हुने पेसा अपनाउन सके देशको अर्थतन्त्रमा टेवा पुग्ने मात्र होइन आफ्नो निजी आम्दानीमा समेत वृद्धि हुने थियो । रासस

प्रकाशित मिति:
September 21, 2014