समयमा नै संविधान दिने तयारी : प्रधानमन्त्री
काठमाडौँ, १ असोज । प्रधानमन्त्री सुशील कोइरालाले समयमा नै संविधान दिने गरी तयारी भएको बताएका छन् ।
राष्ट्रिय विज्ञान दिवसका अवसरमा कीर्तिपुरमा नवनिर्मित बिपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयको उद्घाटन एवम् विज्ञान प्रदर्शनीको आज उद्घाटन गर्दैै उनले ६० वर्षभन्दा बढीको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको उल्लेख गरे ।
संविधान आउने कुरालाई अब कसैले छेक्न नसक्ने र देश विकासको मार्गमा बढिसकेकामा जोड दिँदै उनले भने, “सूर्यलाई हत्केलाले छेक्न नसक्ने भने झैँ देश प्रगतिको बाटोमा अघि बढिसकेको छ ।”
विज्ञान तथा प्रविधिको वर्तमान समयमा नेपाल अझै पछि परिरहेको औँल्याउँदै उनले विज्ञानका नवीनतम् प्रविधिको उपयोग गरी प्रकृतिको देनलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल आधुनिक युगमा प्रवेश गरिसकेको चर्चा गर्दै प्रधानमन्त्रीले संविधान निर्माणसँगै विज्ञान तथा प्रविधिको उपयोगका माध्यमबाट देशमा ८÷१० वर्षभित्रमा नै धेरै प्रगति हुने उनको भनाई छ ।
नवनिर्मित विज्ञान सङ्ग्रहालय विज्ञान तथा प्रविधिको विकासका लागि निकै उपयोगी हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
September 17, 2014