गिर्दो टेलिकमको गुणस्तर
असोज ७ । गैरप्राविधिकलाई प्रबन्ध निर्देशक बनाएको भन्दै कर्मचारी आन्दोलित भएपछि नेपाल टेलिकमको जीएसएम मोवाइलको गुणस्तर खस्किएको छ ।
१ सातालेखि टेलिकमको प्रिपेड तथा पोस्पेड दुबै मोवाइलमा कल गर्दा नसुनिने, सुनिएपनि कुरा नबुझ्ने, रिर्चाज नहुने, ब्याक न्वाइज जस्ता समस्या देखिएका छन् ।
भदौं तेस्रो साता सरकारले चार्टड एकान्टेन्ट बुद्धिप्रसाद आर्चायलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेपछि टेलिकममा कार्यरत प्राविधिक आन्दोलनमा छन् । जसका कारण सेवाग्राही मारमा परेको खबर नागरिक दैनिकमा छ ।
प्रकाशित मिति:
September 23, 2014