मदिरा पिएर कुटपिटमा उत्रिने प्रधानाध्यापक पक्राउ
कञ्चनपुर, ५ असोज । भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरेर विद्यालयका अभिभावकलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रअ जोशीलाई गएराति पक्राउ गरेको हो ।
विद्यालयका अभिभावक करन जोशीले प्रहरीमा दिएको कुटपिटको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको छ ।
प्रधानाध्यापक जोशी, विद्यालयका सह लेखापाल टेकराज जोशी सहित तीन जना विरुद्ध प्रहरीमा उजुरी परेको छ । दुई महिना अघि भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा एमाओवादी पक्षधर उम्मेदवारलाई सहयोग नगरेको भन्दै जोशीलाई कुटपिट गरिएको स्थानीय टेकराज जोशीले बताए ।
वडा प्रहरी कार्यालयले प्रधानाध्यापक जोशीलाई हिरासतमा राखेको छ । प्रहरी निरीक्षक पुष्कर बहादुर चन्दले कुटपिटको आरोपमा जोशीलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ गर्न जाँदा प्रहरीलाईसमेत जोशीले अश्लील शब्द प्रयोग गरेको बताइएको छ ।

प्रकाशित मिति:
September 21, 2014