सकियो तिहार, प्रधानमन्त्री, नेता, पूर्वराजा सबैले भाईटीका लगाए
कात्तिक ९ । हिन्दूहरुको महान पर्व तिहार (२०७१) सकिएको छ । झिलिमिलिमय पर्वको रुपमा मानिने तिहारमा दिदीबहिनी तथा दाजुभाईबीचको स्नेह तथा मायाले पनि यो पर्वको महत्व थपेको हुन्छ ।
तिहार अन्तर्गत भाईटीकाको शुभसाइतमा शनिबार बिहान ११ः३५ बजेको शुभसाइतमा प्रधानमन्त्री सुशील कोइरालाले ८१ वर्षीया दिदी आभादेवी शर्माबाट टीका थापेर आशीर्वाद लिएका थिए ।
यस्तै, सोही साइतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरुले पनि भाईटीका लगाएका थिए ।
यसैगरी, भाइटीकाको उपलक्ष्यमा पूर्व राजपरिवारका सदस्यहरूले पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादीस्थित शोभागृहमा भाईटीका लगाएका थिए ।

प्रकाशित मिति:
October 26, 2014