राजी जातिले खोले बैंकमा खाता
कैलाली ३१ असोज । लोपोन्मुख समुदायका राजी जातिले नेपाल बैंक टीकापुरमा खाता खोलेका छन् ।
सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन टीकापुर नगरपालिकाले स्वयम् व्यक्तिको खातामा रकम जम्मा हुने व्यवस्था मिलाएपछि उनीहरूले बैंकमा खाता खोलेका हुन् ।
तीन दिनमा ७० जना लोपोन्मुख राजी जातिले बैंकमा खाता खोलेका छन्, अब उनीहरूले पाउने भत्ता स्वयम् व्यक्तिको खातामा जम्मा हुनेछ ।
भत्ता वितरण प्रक्रिया झन्झटिलो र सेवाग्राहीलाई सास्ती हुन थालेपछि स्वयम् व्यक्तिको बैंक खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले जानकारी दिए ।
राज्यले दिएको सुविधा प्राप्त गर्न धेरै कष्ट भएको अनुभूति भएको बताउँदै कार्यकारी अधिकृत अधिकारीले भने– “अब सिधै सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा हुने व्यवस्था मिलाएका छौँ ।”
भत्ता पाउने सेवाग्राहीलाई नेपाल बैंकमा खाता खोल्न नगरपालिका कार्यालयले अुनरोध गरेको छ । सेवाग्राहीलाई खाता खोल्न सहज होस् भनी बैंकका कर्मचारी र नगरपालिकाकाका कर्मचारी वडा वडामा गई सघाउने जनाइएको छ ।
टीकापुर नगरपालिकाबाट एक हजार ६०७ जना ज्येष्ठ नागरिक, ६३८ जना एकल महिला, ८३७ जना ६० वर्षमुनिका एकल महिला, १५ जना पूर्ण अपाङ्ग, तीन जना आशिंक अपाङ्ग र ७० जना लोपोन्मुख राजी जातिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।
बैंकको खातामा रकम जम्मा हुने भएपछि यसअघिका दिनमा समयमा भत्ता नपाइने, दिनभरि लाइनमा लाग्नुपर्ने झन्झटबाट अब सेवाग्राहीले राहत पाउने राजी समुदायका अगुवा चित्रबहादुर राजीले बताए ।

प्रकाशित मिति:
October 17, 2014