५० हजार बुझाउन नसक्दा सिके राउन जेल चलान
असोज २८ । विशेष अदालत काठमाडौंले डा. सीके राउतलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । राउतले उक्त धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका छन् ।
मधेशलाई नेपालबाट अलग बनाउने पक्षमा अभियान चलाएको अभियोगमा पक्राउ परेका राउतलाई थुनछेक बहसपछि आज अदालतले ५० हजार धरौटीमा रिहा गर्न निर्देशन थियो ।
क हप्तादेखिको बयान र बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, सदस्यद्वय न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासले ५० हजार रुपियाँ धरौटी माग गरेको हो ।
सो रकम तिर्न नसक्दा राउत डिल्लीबजार कारागार चलान गरिएको छ ।
नेपालबाट मधेस अलग हुनुपर्छ भन्दै सभासम्मेलन गर्दै हिँडेको अभियोगमा झन्डै एक महिनाअघि मोरङको रंगेलीबाट राउत पक्राउ परेपनि अदालतमा बयानका क्रममा राउतले आफू मधेस अलग राष्ट्र हुनुपर्ने अभियानमा नलागेको जिकिर गर्दै अलग हुनुपर्ने पक्षमा पनि आफू नरहेको बताएका थिए ।
राउतले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र सोही व्यहोरोको लेख रचना तथा किताब छपाई मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खदल पुरी अव्यवस्था उत्पन्न गराएको अभियोग थियो ।
यता, कतिपयले उनले ५० हजार तिर्न सक्ने तर पब्लिसिटी र सहानुभूतिका लागि उक्त रकम नतिरेको टिप्पणी समेत गरेका छन् । उनसँग हतियारसम्बन्धी अमेरिकामा वैज्ञानिकको रुपमा काम गरेको अनुभव छ ।
प्रकाशित मिति:
October 14, 2014