दुई सवारी एकआपसमा ठोकिँदा चारको मृत्यु
अपडेटः दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा काठमाडौँ लप्सीफेदीका ५२ वर्षीय साधुराम तिवारी, ३५ वर्षीय सरोज तिवारी, ३० वर्षीया ललिता तिवारी र ३५ वर्षीय चालक सिर्जन पोख्रेल रहेका छन् ।
असोज २८ । चितवनस्थित मुग्लिन-नागढुङ्गा सडक खण्ड अन्तर्गत दारेचोक ९ फिसिलिङमा दुई वटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
असोज २८ । चितवनस्थित मुग्लिन-नागढुङ्गा सडक खण्ड अन्तर्गत दारेचोक ९ फिसिलिङमा दुई वटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ च ५५१६ नम्बरको कार र विपरित दिसाबाट जाँदै गरेको ना ४ ख ४४१ नम्बरको ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परी कारमा सवार ५ जनामा मध्ये २ जनाको घटना स्थलमै, १ जनाको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
October 14, 2014