कोरियामा सङ्गीत कार्यक्रममा सोह्रको मृत्युपछि सुरक्षा अधिकारी मृत फेला परे
दक्षिण कोरिया, १ कात्तिक । दक्षिण कोरियामा एक सङ्गीत कार्यक्रममा दर्शक उभिएको जाली भत्कदा १६ व्यक्तिको मृत्युभएपछि सुरक्षाको उपायका लागि जिम्मेवार एक अधिकारीको मृत्यु भएको र निजले आत्महत्या गरेको देखिएको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् ।
ओ थर गरेका स्थानीय प्रशासनका यी ३७ वर्षीय कर्मचारीको मृत्युभएको जानकारी प्रहरीले दिएको हो । सोङनाम नगरमा भएको उक्त सांस्कृतिक कार्यक्रममा भएका घटनाका विषयमा प्रहरीले अनुसन्धान आरम्भ गरेको छ ।
पीडित दर्शक कार्यक्रम राम्रोसँग देख्न सकिन्छ भनी हावाजाने बाटोको माथिल्लो भागमा राखिएको जालीमा उभिएर हेरिरहेको र उक्त जाली भत्केको बताइएको छ । जाली भत्कदा दर्शकहरू करिब ६२ फिट तल रहेको भूमिगत पार्किङमा खसेको जानकारी दिइएको छ ।
वाईटीएन समाचार च्यानलले प्राप्त गरेको दर्शकले खिचेको भिडियोमा जाली खसेपछि स्तब्ध भएका दर्शकलाई देखाइएको छ । दक्षिण कोरियामा लोकप्रिय तथा बालिकाहरूको सङगीत समूह के–पप फोरमिनटले आयोजना गरेको कार्यक्रममा उक्त दुर्घटना भएको बताइएको छ ।
प्रकोप उद्धार प्रवक्ता किम नामले ओले संगीत कार्यक्रम प्रयोजन गर्ने समूहका लागि काम गरेको र निजले दुर्घटना भएको स्थान नजिकै एक भवनबाट हामफालेर आत्महत्या गरेको देखिएको बताए ।
प्रहरीले ओलाई घटनाका विषयमा प्रश्न गरेको केही घण्टापछि शनिबार निज मृत रूपमा फेला पारिएको जानकारी दिए भनी वाईटीएन टीभीले जानकारी दिएको छ ।
किमले अधिकारीहरूले दुर्घटनाग्रस्तस्थलको शनिबार निरीक्षण गरेको जानकारी दिए ।
उनले प्रहरी तथा राष्ट्रिय अपराध अनुसन्धान विशेषज्ञहरूले उक्त जाली तथा सम्बन्धित संचनाहरूको नजिकबाट निरीक्षण गरेको जानकारी दिए ।
प्रहरीले स्थानीय इन्टरनेट समाचार प्रदायकका अधिकारीहरूका साथमा १५ व्यक्तिलाई प्रश्न गरेको योनहाप समाचार संस्थाले जानकारी दिएको छ । इन्टरनेट समाचार प्रदायक संस्थाले उक्त कार्यक्रममा कोष प्रदान गरेको थियो ।
एक प्रहरीले सुरक्षाका कानुनलाई ध्यान नदिइएको फेला परे आयोजकमाथि फौजदारी अभियोग लगाइने जानकारी दिए भनी योनहापले उल्लेख गरेको छ ।
प्रत्यक्षदर्शीले सङ्गीत कार्यक्रम आरम्भ हुनुअगाडि तयार गरिएको ४०० स्थान ओगटीसकिएको र क्षमताभन्दा बढी उपस्थित दर्शकलाई उक्त जालीमा चड्न नदिन सुरक्षाको व्यवस्था नभएको बताएका छन् ।
खुला स्थानमा आयोजना भएको उक्त कार्यक्रम हेर्न ७०० भन्दा बढी दर्शक जम्मा भएको बताइएको छ ।
हावाजाने बाटोमा राखिएको जालीमा रहेका धेरै व्यक्तिहरू संगीतसँगै गाउँदै नाच्दै गरेको तर त्यहाँ कुनै सुरक्षाकर्मी नभएको अर्का एक प्रत्यक्षदर्शीले चोसुन इलबो समाचारपत्रलाई बताए ।
कार्यक्रम आयोजकले दर्शकलाई उक्त जालीबाट बाहिर आउन पटकपटक आग्रह गरेको तर उनीहरूले नमानेको अर्का प्रत्यक्षदर्शीले बताए ।
विज्ञान तथा प्रविधिका लागि सोल राष्ट्रिय विश्वविद्यालयका सुरक्षा इन्जिनियरिङका विशेषज्ञ प्राध्यपक चुङ जे–हीले उक्त दुर्घटना मानवघटित भएको बताए । एजेन्सी

प्रकाशित मिति:
October 18, 2014