गणेश थापाले २ महिनालार्इ त्यागे एन्फा अध्यक्ष पद
काठमांडाै, ३ कार्तिक । संसदको सार्वजनिक लेखा समितिले भ्रष्टचारको अरोप लगाई छानविनका लाथि पद छाड्ने पटक–पटक आग्रह गर्दा पनि आफू एन्फा अध्यक्षबाट हटेमा नेपाल फुटबल अन्तराष्ट्रिय क्षेत्रमा प्रतिवन्ध हुन सक्ने चेतावनी दिँदै आएका एन्फा अध्यक्ष गणेश थापाले हाल आएर २ महिनाका लागि पद त्याग गरेका छन् ।
सोमबार एन्फा कम्प्लेक्स सात दोवाटोमा पत्रकार सम्मेलन गरि आफ्नो पद २ महिनाका लागि ललितकृष्ण श्रेष्ठलाई जिम्मा दिएको घोषणा गरेका हुन । उनि सँगै एन्फा कोषाध्यक्ष विराटजंग शाहीको जिम्मेवारी पनि रविन्द्र जोशीलाई सुम्पिइएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सात दोवाटोमा पत्रकार सम्मेलन गरि आफ्नो पद २ महिनाका लागि ललितकृष्ण श्रेष्ठलाई जिम्मा दिएको घोषणा गरेका हुन । उनि सँगै एन्फा कोषाध्यक्ष विराटजंग शाहीको जिम्मेवारी पनि रविन्द्र जोशीलाई सुम्पिइएको छ ।
पत्रकार संम्मेलनमा उनले आफू निर्दाेष रहेपनि नेपालको फुटबल र खेलाडीको भविष्य जोगाउन यस्तो निर्णय गरेको जानकारी दिए । संसदको लेखा समितिले राजनीति पूर्वाग्रहका आधारमा पछि भ्रष्टचारको आरोपबाट सफाइ पाए पनि नसुध्रने गरी विगारेको गुनासो थापाले गरे । आफूलाई आमा र नेपाली फुटबललाई आफ्नो सन्तानको रुपमा प्रस्तुत गरेका उनले आफ्नो बच्चालाई दुई टुक्रा पारेर भाग लगाउन खोन्दा आमाले आफ्नो सन्तान जीवत रहन्छ भने जस्तो सुकै दुख पीडा सहन सक्छु भन्ने सोचेर निर्णय गरेको बताए ।एन्फाले अघि सारेको विभिन्न विकल्पहरुमा सहमति हुन नसकेपछि आफ्नो व्यक्तिगत स्वभाव विपरित निर्णय लिएको उनले बताए
यस अघि असोज २७ मा बसेको संसदको सार्वजनिक लेखा समितिले ३ दिन भित्र थापालाई एन्फा अध्यक्षबाट निलम्बन गर्न निर्देशन दिएको थियो । गणेश थापाले पत्रकार सम्मेलनमा आफ्नो पद छोडाइलाई पद स्थगन वा राजिनामा के हो ? भन्नेबारे केही भनेनन् । उनले पदत्याग गरेपछि राप्रपा नेपालको मनोनित सभासद् समेत बनेका थापा अब राजनीतिमा जम्नसक्ने चर्चा हुन थालेको छ ।
प्रकाशित मिति:
October 20, 2014