अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्यो
कात्तिक ३ । युवा तथा खेलकुद मन्त्रालयले अन्तराष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।
रङ्गशालाको लागि जग्गाको खोजी एवम् नापजाँच कार्य अगाडि बढाइएको र त्यसका लागि काठमाडौँको चुनदेवी र बालुवा गाविसअन्तर्गतको सामुदायिक वन क्षेत्र र सार्वजनिक क्षेत्र गरी ७०० रोपनी जग्गा रहेको मन्त्रालयका सहप्रवक्ता महेश्वर शर्माले जानकारी दिए ।
आज आयोजित नियमित प्रवक्त–पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रकाशित मिति:
October 20, 2014