चौतर्फी विरोधपछि देउसीभैलो खेल्ने समय दुई घन्टा थप
काठमाडौँ, ३ कात्तिक । चौतर्फी विरोधपछि गृह मन्त्रालयले आफैँले यसअघि तोकेको तिहारमा देउसीभैलो खेल्ने समयमा संशोधन गरी दुई घन्टा थप गरेको छ ।
मन्त्रालयले यसअघि सुरक्षालाई ध्यानमा राखेको भनेर देउसी भैलो खेल्ने समय बेलुकी ७ बजेसम्म तोकेको थियो । त्यसको सामाजिक सञ्जालहरुमा कडा विरोधपछि सरकारले दुई घण्टा समय थप गरेको हो ।
विभिन्न क्षेत्रबाट समय थपका लागि अनुरोध आएपछि बेलुकी ९ बजेसम्म थप गरिएको मन्त्रालयका सहायक प्रवक्ता गङ्गाबहादुर क्षेत्रीले विज्ञप्ति निकालेर जनाएका छन् ।
सरोकारवालाहरु भने सर्वसाधरणको विरोधपछि सरकारले दुई घण्टा थप गरेपनि यो कार्यलाई केटाकेटीपना भएको टिप्पणी गर्छन् ।
'१२ बजेसम्म भनेको भए ठिकै हो ७ बजे भनेर विज्ञप्ति निकाल्यो, फेरि अहिले ९ बजेसम्म पुर्याइएको रहेछ' राजधानीमा भेटिएका एक सर्वसाधरण भन्छन्- 'जाड रक्सी जुवा तासको विरुद्ध शब्द पनि नबोल्ने सरकार देउसी भैंलोको विरुद्ध भने पटक पटक विज्ञप्ति निकालेर नौटंकी गरेजस्तो लाग्यो ।'

फोटो: फाइल
प्रकाशित मिति:
October 20, 2014