अख्तियारको निर्देशनमा एकै विद्यालयका एघार शिक्षक निष्कासित

यसरी निष्कासित गरिएका शिक्षक जगत थ्याईत, डम्बर शाही, भद्र भण्डारी, रुपा खत्री, इन्दीरा गिरी, नरेन्द्र वली, सरस्वती शाही, निर्मला चौधरी, लोकेन्द्र कठायत, इन्द्र विष्ट रहेको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर शाही बताए ।
उनले प्रक्रिया पु¥याई छिट्टै शिक्षक नियुक्ति गरिने बताए । यसरी एकै विद्यालयका ११ शिक्षक निष्कासित हुँदा विद्यालयको पढाइ प्रभावित भएको छ । यसअघि असोज २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरले सो विद्यालय निरीक्षणका लागि जिल्ला शिक्षा कार्यालय धनगढी कैलालीलाई पत्र पठाएको विद्यालय निरीक्षक लोकेन्द्र भट्टले जानकारी दिए ।
त्यस विद्यालयमा विज्ञापनै नगरी अध्यापन अनुमतिपत्रसमेत नभएका शिक्षक रहेको पाइएको बताइएको छ ।
प्रकाशित मिति:
November 12, 2014