बिना लाइसेन्स ट्याक्टर चलाउने चालक प्रहरी नियन्त्रणमा
खोटाङ, ११ मङ्सिर । खोटाङमा बिना लाइसेन्स ट्याक्टर चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम दिक्तेलमै बिना लाइसेन्स ट्याक्टर चलाइरहेको अवस्थामा बुधबार को १ त २२४१ नम्बरको ट्याक्टर चालक १९ वर्षीय प्रकाश राईलाई पक्राउ गरिएको हो ।
खानीडाँडाबाट रत्नपार्कतर्फ जाँदै गरेको अवस्थामा त्रिवेणीचोकबाट बिना लाइसेन्सका चालक र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चालकलाई चेतावनीस्वरुप २४ घण्टा नियन्त्रणमा राखेर छाडिने तर ट्याक्टरलाई तीन÷चार दिन नियन्त्रणमा राखिने ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति:
November 27, 2014