• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » एमाले नेताका छोराले शिक्षकलाई भिरबाट फालेपछि
एमाले नेताका छोराले शिक्षकलाई भिरबाट फालेपछि

कात्तिक २० । नेकपा एमाले दार्चुला जिल्ला अध्यक्ष रामदत्त जोशीका छोराले एक शिक्षकलाई कुटपिट गरी भिरबाट फालिदिएका छन् । 

अध्यक्ष जोशीका छोरा विक्रम जोशीको नेतृत्वको एक समूहले दार्चुलाको लेकम क्षेत्रमा लागेको जयपुर जात्रामा लटिनाथ उच्च माविका कम्प्युटर शिक्षक भुवन खत्रीलाई कुटपिट गरी नजिकै रहेको भिरमा फालेका हुन् । 

“जात्रामा भुवनका बुबा हरिसिंह खत्रीले होटल थालेका थिए”, भुवनका छिमेकी महेशबहादुर पालले भने, “बुबा कुटेको थाहा पाएपछि घटनास्थल पुगेका भुवनमाथि आक्रमण भयो ।” 

जिल्ला विकास समिति दार्चुलामा समेत कार्यरत रहेका विक्रम जोशीले भुवन खत्रीलाई कुटपिट गरी जात्रास्थल नजिकैको भिरबाट फालेका थिए । भिरमा खसालिएका भुवन डेढ किलोमिटर तल भेटिएका थिए । 

विक्रम जोशीलगायत केही युवकको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको भए पनि प्रहरीले घटनाका दोषीलाई कारबाही गर्न नमानेको घाइते खत्रीका आफन्तले बताएका छन् । “सुरुमा प्रहरीले मुद्दा दर्ता गर्न नै मानेन,” स्थानीयवासीले भने – व्यापक दबाबपछि मुद्दा दर्ता भए पनि उनीहरूलाई पक्राउ गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनामा संलग्न मोहन मिश्रलाई पक्राउ गरेको जनाएको छ । “घटनामा पाँच÷छजना संलग्न छन्,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैन सिंह साउदले भने, “बाँकी फरार रहेकाहरूको खोजी हुँदैछ ।” उनका अनुसार घटनामा संलग्न रहेकाहरू विरुद्ध मुद्दा दर्ता भइसकेको छ । रासस

प्रकाशित मिति: November 06, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


प्रदेश प्रमुख र प्रदेश राजधानीबारे ...

एमाले महासचिव पार्टी एकताको पक्ष क...

गाडी चढ्न अब लाइनमा बस्नपर्ने

बालुवाटार पुगेर प्रचण्डले देउवालाई ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • परिवारका सदस्यको भूकम्पबाट मृत्युको स्मृतिमा भैरव मन्दिरको पुननिर्माण
  • माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भयो : खनाल
  • ५५ दलले बुझाए समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची
  • नेपाली राजदूत मायाकुमारीलाई फिर्ता बोलाउ :कतारी राजदूत
  • द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस
गृह पृष्ठ |