सत्तापक्षले ल्याएको अवधारणा मान्य छैन : अध्यक्ष यादव
पर्सा, १७ कात्तिक । मधेसी जनअधिकार फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपाले ल्याएको छ वा सात प्रदेशकोे अवधारणा सङ्घीयता र लोकतन्त्रको विरुद्धमा रहेको आरोप लगाएका छन् ।
उनले सम्पूर्ण आन्दोलनको उपलब्धिलाई समाप्त र सहमतिलाई लत्याउँदै काँग्रेस, एमाले र राप्रपाले प्रान्तको अवधारणा अघि सारेको धारणा राखे ।
मधेसी पत्रकार समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन दलले ल्याएको अवधारणा अन्तरिम संविधान र सहमति विपरीत रहेको बताए ।
सबै शक्तिको सहमतिबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र सबैलाई सम्बोधन गर्ने गरी पहिलो संविधानसभामा प्रस्तुत भएका प्रतिवेदन एवम् सम्झौताको आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने धारणा अध्यक्ष यादवले राखे ।
प्रकाशित मिति:
November 03, 2014