टिकट नपाएर एमाले छाडेका केशब स्थापित एमालेमै फर्के

ओलीबाट माला ग्रहण गरी एमाले एमाले बनी सकेपछि स्थापितले संधीय समाजवादी पार्टीले आफूलाई फकाएर बोलाई लोप्पा खुवाएकोले आफ्ना योजना र सपना पुरा गर्न पुरानै घर एमालेमा फर्केको जानकारी दिए । के पी ओली प्रजातान्त्रिक युवासंघ( हाल युवासंघ) को अक्ष्यक्ष हुदाँ सोही सङ्गगठनको महासचिवको जिम्मेवारी समालेका केशब स्थापितले ओलीसँग एउटै कमिटीमा रहेर काम गरेको अनुभव आफूसँग भएको र उनको काम गर्ने शैली राम्रो भएकाले आफूलाई ओली साहै्र मन पर्ने भन्दै के पी ओलीको खुलेर प्रशंसा गरे । अाेलीले पनि स्थापित देशलाई समृद्धि तिर लाने सोच भएका क्षमतावान व्यक्ति भन्दै प्रशंसा गर्न कञ्जुस्याएँ गरेनन् ।
केशब स्थापितको एमालेमा पुनर्गमनलाई माधब नेपाल पक्षका नेताले भने मन पराएका छैनन् उनिहरुले स्थापितलाई अवसरवादी र गन्हाएको व्यक्ति भनी निन्दा गरेका छन् । स्थापितको पार्टी प्रवेश कार्यत्रफममा नेपाल पक्षका कुनै नेताको उपस्थिति समेत थिएन । काठमाडौ क्षेत्र नं ६ बाट एमालेका युवा नेता योगश भट्टराईले चुनाब हार्नुमा स्थापितकै कारण रहेको योगेश भट्टराई र उनी निकट नेता कार्यकर्ताहरु केशब स्थापित प्रति आक्रोशित रहेका जनाइएको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा माओवादी सँग निकट सम्बन्ध बनाई काठमाडौं विकास प्राधिकरणको प्रमुख हुन सफल भएका स्थापित त्यतिबेला माओवादी बनिसकेको चर्चा गरिएको थियो । उनी जता फाइदा देख्यो उतै लहसिने व्यक्ति भएकोले एमालेमा उनलाई ससम्मान फिर्ता ल्याउने काम श्रेयकर नभएको भन्दै एमालेका एकथरी नेताले विरोध जनाएकाछन् ।
प्रकाशित मिति:
November 16, 2014