मोदी काठमाडौं बाहिर नजाने भारतद्धारा स्पष्ट, जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्ध
मंसिर ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं बाहिर कुनै पनि ठाउँमा भ्रमण नगर्ने निश्चित भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदीको काठमाडौं बाहिरको भ्रमण रद्द भएको औपचारिक जानकारी दिएका छन् ।
विदेश मन्त्रालयका प्रवक्ता अकबरुद्दिनले मोदी नेपाल९भारतको सम्बन्धलाई गहिरो महत्त्व दिएको भन्दै मोदी काठमाडौंमा मात्रै आउने बताएका छन् ।
सार्क शिखर सम्मेलनमा नेपाल आउँदा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने तय भएको थियो । मोदीको जनकपुर भ्रमण रद्द भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ती जारी गरेपछि यो विषय झनै विवादमा परेको थियो ।
प्रकाशित मिति:
November 23, 2014