जाजरकोटमा बस दुर्घटना
हेलोखवर सम्वाददाता
जाजरकोट ४ मंसिर । सदरमुकाम खलंगावाट सुर्खेतको राकमका लागी विहान ६ वजे हिडेको यात्रु वहाक वस भुर गाविस वडा ७ को सडक खण्डमा दुर्घटनामा परेको छ ।
मध्यपश्चिम यातायात व्यवसायी समितिको ना ३ ख १४०८ नम्वरको यात्रुवहाक वस सदरमुकाम देखि झण्डै २४ किलो मिटरको दुरीमा दुर्घटनामा परि भेरी नदीमा खसेको नेपाल प्रहरीले वताएको छ ।
जाजरकोट सदरमुकामवाट ३७ जना यात्रु लिएर गएको वसमा विचमा धेरै यात्रु थपिएको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटनामा परेको बस सडकदेखि ४० मिटर तल खसेका छ । दुर्घटनामा परेका १० जनालाई उद्धार गरि उपचारका लागी नेपालञ्ज तिर पठाईएको प्रहरीले जनाएको छ । गाँडी पुरै नदीमा डुबेको हुदा खोजी कार्य गर्न निकै गाह्रो भएको प्रहरीले वताएको छ ।
उद्धार गरिएका घाईते हुनेहरुमा डाडाागाउँका लक्ष्मी वुढा, तिलक पुन,गोपाल रोकाय,दाङ्ग पन्चकुलेका भीम बहादुर चन्द,बाँके टिटरीएका पदमराज पुरी, विमला रोकाय, सुर्खेत जहरेका मोतिलाल डाँङी, जाजरकोट खलंगा ३ की उर्मिला वली, भुर ८ का दिपक शाही र जिल्ला प्रहरी कार्यालय सहयोगी देवबहादुर थापा रहेका छन । प्रहरीका अनुसार ५ जनाको लास फेला परेको छ । मृत्यु हुनेमा ५ जनाको संख्या रहेको छ । मृतक ५ जना मध्ये खलंगा २ की गीता सुनारको मात्र सनाखत भएको छ भने अन्य ४ जनाको लास अझै सनाखत हुन सकेको छैन ।
जाजरकोटका लागी यति ठुलो बस दुर्घटना भएको पहिलो घटना हो । घटना स्थलमा उद्धारका लागी लाईफ जकेट सहित नेपाल आर्मी र नेपाल प्रहरी परिचालन गरिएको छ । नदीमा मान्छेहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको छ । थप विवरण आउन वाँकी नै छ ।

प्रकाशित मिति:
November 20, 2014