अदालतबाट दोषी प्रमाणित भई फरार रहेका ११३ अभियुक्त पक्राउ
कञ्चनपुर, ३ मङ्सिर । अदालतबाट दोषी प्रमाणित भई विभिन्न मुद्दामा सजाय तोकिएका फरार ११३ अभियुक्त कञ्चनपुरमा एक वर्षका अवधिमा पक्राउ परेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान टोलीले विभिन्न मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
गम्भीर प्रकृतिका कर्तव्य ज्यान, लागुऔषध, वन अतिक्रमण, मानव बेचबिखन, चोरी, लुटपाट, बहुविवाह, कुटपिट र गालीगलौज मुद्दामा दोषी अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरी कारागार चलाउन गरिएको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताए ।
पक्राउ परेका अभियुक्तलाई अदालतले पाँच वर्षदेखि २० वर्षसम्म कैद सजाय तोकिएको थियो । पक्राउ परेका सबै अभियुक्तबाट टोलीले रु ७३ लाख ५९ हजार जरिवानाबापतको राजस्व अशुल गरेको छ ।

प्रकाशित मिति:
November 19, 2014