राज्यकोषको लुट: अर्थमन्त्री महतले फेरी किने नयाँ विलासी गाडी

काठमाडौं,कात्तिक १८ । ;संसारकै गरीब र फजुल खर्च नगर्ने प्रधानमन्त्री भनी अाफूलार्इ चिनाउन खाेजेका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पनि राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाएर रेकर्ड राख्ने दाैडमा लागेको देखिन्छ ।कोइराला मन्त्री परिषद्का अर्थमन्त्री रामशरण महतले महत यस दाैडमा अग्र स्थानमा छन् ।
उच्च सरकारी अधिकारीका अनुसार उनले हालै महँगो र विलासी टोयोडा प्राडो गाडी किनेका छन् । अर्थमन्त्री महतले यसअघि पनि महँगो र विलाशी टोयोटा प्राडो जिप चढ्दै आएका थिए । महतले दुवै विलाशी गाडी आफैंले चढ्न थालेको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ ।
मन्त्रीलाई दिइने अर्को कालो कारसमेत महतले प्रयोग गर्दै आएका छन् । सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी कानुनमा मन्त्रीलाई दुइटामात्र गाडी दिने व्यवस्था भए पनि महतले तीनवटा, त्यसमा पनि विलाशी गाडी लिएका हुन् । यस अघि पनि नुवाकोटको अफ्नो निर्वाचन क्षेत्रमा मनलाग्दी बजेट दिएको भन्दै काङ्ग्रेका नेताले नै उनलार्इ तपार्इ नुवाकोटको अर्थमन्त्री की सिङ्गै देशको भनी प्रश्न उठाएका थिए ।
अाजकाे कान्तिपुर दैनिकबाट
प्रकाशित मिति:
November 04, 2014