मकवानपुरमा ट्रक दुर्घटना ७ को ज्यान गयाे ।

१८ कार्तिक, मकवानपुर ।
महेन्द्र राजमार्ग अन्तरगत मकवानपुरको चुरियामाईमा आज विहान एक ट्रक दुर्घटना हुँदा ७ जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका छन् इँटा बोकेर सर्लाहीबाट हेटौँडा तर्फ आउदै गरेको ना ४ ख १२५२ नं को ट्रक सडकबाट तल खसी दुर्घटना परेको हो । दुर्घटनामा परी ट्रकमा सवार ७ जनाको घटनास्थलमै ज्यान गएको छ, भने ९ जना घाइते भएका छन् । मृतक मध्ये हालसम्म ६ जनाको सनाखत भएको र एक जनाको सनाखत हुन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जवानकारी गराएको छ । दुङर्टना पछि चालक र सहचालक भने फरार भएका छन् । दुर्घटनामा पर्ने सबै जसाे सर्लाही जिल्ला कै रहेकाे जानकारीमा अाएकाे छ ।
प्रकाशित मिति:
November 04, 2014