बेचिएका दुई बालिकाको उद्धार
धनगढी, ३० कात्तिक । भारतको विहार प्रान्त छाप्रा जिल्लामा रहेको सुपर सङ्गम म्युजिकल अक्रेस्ट्रा ग्रुपमा बेचिएका दुई नेपाली बालिकालाई माइती नेपाल धनगढी शाखाको पहलमा उद्धार गरिएको छ ।
कैलालीको निगाली गाविस–५ घर भएकी १३ वर्षीया र १५ वर्षीया दिदी बहिनीलाई तीन वर्षअघि निगाली गाविसकै चैती विकले ललाइफकाइ भारतको पञ्जावमा पु¥याई त्यहीँबाटै बेचेको पाइएको माइती नेपाल धनगढी शाखाका प्रमुख शिवचरण चौधरीले बताए ।
पञ्जावमा पनि घर रहेकी चैती विकले एक बालिकालाई करिब दुई वर्ष घरमै राखिएको र अर्कीलाई उनका आफन्त सुरज भन्नेको घरमा राखेकोमा सुरजले अके्रस्ट्रा ग्रुपका धर्मेन्द्रलाई भारु ३० हजारमा १३ वर्षीया बालिकालाई बेचेको खुलेको अध्ययनबाट पत्ता लागेको बताइएको छ ।
ललाइफकाइ छाप्रा जिल्ला पु¥याइएका अन्य युवती त्यहाँबाट फर्किएपछि दिएको सूचनाका आधारमा बेचिएकी बालिकाकी आमा अके्रस्ट्रा गु्रपका धर्मेन्द्र कहाँ पुगेकी थिइन् ।
धर्मेन्द्रले भारु ३० हजार फिर्ता दिएपछि मात्र तिम्रो छोरी फिर्ता दिने बताएपछि ती महिला फर्केर आएकी थिइन । धनगढी पुगेपछि महिलाले दुई छोरीको उद्धारका लागि गत भदौमा निवेदन गरेकामा माइती नेपालले भारतको पलिया बजारस्थित एक संस्था र भारतीय प्रहरीको सहयोगमा ती दुवै बालिकाको उद्धार गरी शुक्रबार धनगढी ल्याइपु¥याइएको हो ।
गरिबीका कारण बालिकाकी आमाको अवस्था नाजुक रहेको छ । उनका श्रीमान् केही वर्षअघि अर्कै महिलासँग विवाह गरेर निगालीबाट भागेपछि ती महिलाको जीवन थप कष्टकर बनेको छ ।
जडीबुटी बेचेर हुने कमाइले जीविकोपार्जन गरिरहेकी महिलाका दुई छोरीको उद्धार गरी नेपाल फर्काएको छ तापनि ती बालिकाको जीविकोपार्जन, शिक्षादीक्षाको समस्या उत्पन्न भएको छ ।
प्रकाशित मिति:
November 16, 2014