चालु आर्थिक बर्षभित्र भेरीपुल निर्माण गरि छाड्ने : मन्त्री निधी
हेलोखवर कर्मि
राकम सुर्खेत १० पुस । भौतिक पुर्र्वाधार तथा यातायात ब्यवस्था मन्त्री विमलेन्द्र निधिले विहीवार सल्यानको सल्लीवजार र सुर्खेतको राकम विचमा पर्ने भेरी नदी पुल अवको ६ महिना भित्रै निर्माण गरि छाड्ने वताएका छन् । निर्माण कार्य शुरु भएको नौ बर्ष विति सक्दा पनि पुल बन्न नसकेको व्यापक जनगुनासो सुनेपछि मन्त्रीले यस्तो वताएका हुन् ।
कछुवाको गतिमा निर्माण भैरहेको उक्त भेरी पुलको स्थलगत निरीक्षण भ्रमणमा विहिवार सुर्खेत राकम पुगेका मन्त्री निधिले चालु आव भित्रै सक्नेगरी तदारुपताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका छन् । मन्त्री सँगै सडक विभागका महानिर्देशक माधव कुमार कार्की र निर्माण ब्यवसायी जयराम लामिछाने समेतले आगामी असार भित्रै पुल निर्माण गरि सक्ने प्रतिबद्धता ब्यक्त गरे ।
मन्त्री, विभागिय महानिर्देशक र उक्त पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले नै आगामी असारमा पुल निर्माण गरि सक्ने प्रतिवद्धता व्यक्त गरेपछि यसै बर्ष जाजरकोट बासीको भाग्य र भविश्य सँग जोडिएको यो पुल बन्ने पक्का भएको हो । विहीवारको स्थलगत निरीक्षण भ्रमणका क्रममा यस अघि पुल निर्माण कार्यमा ढिलाई हुनुको मुख्य दोष एकले अर्कालाई लगाउने गरेका थिए । ठेकेदार कम्पनीले गलत डिजाईन ईष्टमेटका कारण ढिलाई भएको दावी गरेको थियो, भने सडक डिभिजनले ठेकेदारको ढिलासुस्ती र लापरवाहीले निर्माणमा ढिलाई भएको तर्क गरेको थियोे ।
मन्त्री निधिले प्रत्येक हप्ता पुल निर्माणको प्रगति विवरण दिन मातहतका निकायलाई निर्देशन दिए । उनले निर्देशन दिदै भने कुनै पनि हालतमा यसै आव भित्र पुल बन्नुपर्छ कसले काम गदैन मलाई भन्नुहोला । पैसा नपुग्ने भए मन्त्रालय थप बजेट दिन तयार छ ।
सडक विभागका महानिर्देशक कार्कीले निर्माण ब्यवसायी लामिछाने सँग डिजाईन स्टमेट परिवर्तन गरेर नयाँ प्रबिधिबाट पुल बनाउने र केही बजेट समेत थप गर्ने सहमति भैसकेको जानकारी दिए । उनले यो महिनाभरी ढल्केको पिलरको जगलाई सिधा बनाउने, माघ महिनाभरी माईक्रोपाईलिङ्ग गरेर जग उठाउने र बैशाख भित्र स्टिलपार्ट जोड्ने काम सक्ने गरी निर्माण कम्पनी सँग सम्झौता भएको र सोही अनुसार काम अघि बढाउन निर्देशन समेत दिएको जानकारी गराए ।
मन्त्री सँगै भ्रमणमा आएका राष्टिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द प्रसाद पोखरेलले चालु आव भित्रै पुल निर्माण गरी सक्न आग्रह गदै बजेट नपुग्ने भएर निर्माणमा ढिलाई भएको भए आफु आवश्यक रकम दिन तयार रहेको बताए ।
तीन बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०६२ साल देखि निर्माण शुरु भएको पुलका चार मध्ये हाल सम्म तीन वटा पिलर मात्र निर्माण भएका छन् । बाँकी चौथो पिलर निर्माणमा समस्या देखिएपछि निर्माणमा ढिलाई भएको हो । हरेक पिलर नदिको सतह भन्दा १४ मिटर गहिरो बनाउने डिजाईन स्टमेट रहेकोमा ९ मिटर तल रक (ढुङ्गा) लागेपछि निर्माण कम्पनीले पुलको डिजाईन स्टमेट नै फर्नु पर्ने अन्यथा बनाउन नसकिने बताएपछि हाल सिङ्गकिङ्ग गरेर माईक्रोपाईलिङ्ग (ढुङ्गामा धस्साउने विधि द्धारा प्वाल पारी ओइल्डिङ्ग गर्ने विधि) द्धारा १० मिटरमै पिलर निर्माण गरिने भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार पुलका चार पिलर निर्माण गर्न ३ करोड १५ लाखमा स्वच्छन्द÷काष्ठमण्डप ÷धनथान ÷प्रदिप ÷रविन निर्माण सेवा जेभी काठमाण्डौंले बोल पत्र स्विकृत गराएका थिए भने स्टिलपार्ट कार्य गर्न ७ करोड ६७ लाखको लागतमा स्वच्छन्द निर्माण सेवा काठकाण्डौका प्रोपाईटर जयराम लामीछानकोे बोल पत्र स्विकृत भएको थियो ।
पिलरको जग निर्माणका लागि प्राविधीकले गरेको गलत तथा ढिलो निर्णयले तोकेको समयमा पुल निर्माण हुन नसकेको ठेकेदार जयराम लामीछानेको भनाई छ । तेस्रो पिलरको जगमा ढुङ्गा लागेपछि पिलर निर्माणमा समस्या परेको थियो । अहिले त्यही ढुङ्गामा ड्रिल गरेर पिलर बनाउने तयारी भैरहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
निरीक्षणमा आएका मन्त्री निधी सँग त्यहा भएका सहभागीहरुले राज्यले जाजरकोटीको सोझोपनाको फाईदा उठाएर पुल निर्माणमा चासो नदेखाएको भन्दै आक्रोश पोखे । जाजरकोटका पुर्व उपसभापति कृष्ण विसीले आगामी असार भित्र पुल नबने जिल्लाबासी अप्रिय कदम चाल्न बाध्य हुने चेतावनी दिए । त्यस्तै नेपाली काँग्रेसका रविन्द्र शाह , एनेकपा माओपादीका पुर्णदेव शर्मा, पत्रकार महाँसंघ जाजरकोटका अध्यक्ष जनक के सी लगायतले ९ बर्ष सम्म पनि पुल नबनेकोमा ठेकेदार र सरकारको कडा शब्दमा आलोचना गरे । उनीहरुले पुल नहुदा जाजरकोट सुर्खेत डोल्पा र जुम्लाका बासिन्दाले ठुलो कष्ठ खेप्नु परेको भन्दै आक्रोशपूर्ण पिडा पोखे ।
पुल निर्माणको ढिलाइले यस सडकको यातायात सेवा नियमित हुन नसकी यात्रुलाई आवतजावतमा सास्ती हुदै आएको छ । पुल निर्माण हुन नसक्दा जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, डोल्पा, जुम्ला लगाएतका जिल्लाका स्थानीयले आवतजावत र दैनिक उपभोग्य बस्तुको ओसारपसारमा सास्ती ब्यहोर्दै आएका छन् । उनीहरलाई भेरी नदीमा ३० बर्ष पुरानो जीर्ण फेरीमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने वाध्यता छ । बर्षमा ५ महिना संचालन हुने उक्त फेरी पनि हप्तै पिच्छे विग्रदा ठाउँ ठाउँमा गाडी फेर्नु पर्ने चटारोले सताएको स्थानीय तेज विक्रम शाहले बताए ।
प्रकाशित मिति:
December 25, 2014