नाराबाजीपछि संविधानसभाको बैठक रोकेर नेताहरु वार्तामा
माघ ८ । संबिधानसभाको बैठकमा विपक्षी सभाषदको लगातार नाराबाजीपछि पौने ३ बजेबाट संविधानसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
बैठक स्थगित गरिएपछि नेताहरु छलफलमा जुटेका छन् । उनीहरुले माघ ८ मा संविधान जारी गर्न नसकेकोमा सामूहिक रुपमा क्षमायाचनासहित संविधान जारी गर्ने अर्को मिति तय गर्ने तयारीमा लागेका छन् ।
विपक्षी एमाओवादी, मधेसी मार्चाका सभाषदहरुले संबिधानसभा बैठकलाई कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सभाध्यक्ष अबको प्रक्रियाबारे नेताहरुसँग छलफलको तयारी गर्ने प्रयासमा छन् ।

प्रकाशित मिति:
January 22, 2015