नेता नेपालले खुलाए सत्तापक्षको खोट
माघ १२ । एमाले बरिष्ठ नेता माधव नेपालले विपक्षीहरुसँग सहमति भाडिनुमा सत्तारुढ दलकै खोट रहेको जनाएका छन् ।
सत्तापक्षले संवाद समितिमा बुझाएको नौ बुँदे नै गल्ती रहेको भन्दै नेता नेपालले सत्ता पक्षले नौ बुँदे बुझाउन हतार गरेकाले नै विपक्षी बिच्किएको समेत उल्लेख गरे ।
उनको यस्तो अभिव्यत्तिले एमालेको एक पक्ष यो सरकारसँग सन्तुष्ट छैन भन्ने पनि प्रष्टाएको छ ।
प्रेस चौतारीले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेता नेपालले अब सहमतिबाट पछि हट्न नमिल्ने भन्दै सहमतिमै संबिधान जारी हुनुपर्ने धारणा राखे ।
पछिल्लो पटक नेता नेपालको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राम्रो सम्बन्ध रहँदै आएको छ । यसअघि दाहाल र नेपालको परिवारसँगै बसेर हलमा फिल्म समेत हेरेका थिए ।
अन्तक्रिर्यामा पनि 'तपाईं त एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग फिल्म हेर्न हलमै पुग्नुहुन्छ नि ?' भन्ने प्रश्नको जवाफ दिंदै नेता नेपाले आफू फेरि पनि दाहालसँग फिल्म हेर्न जाने बताए ।
'कुनै मायाप्रेमको फिल्म होस जहाँ प्रेम छुटेको होस र त्यसपछि फेरि मिलन होस । त्यस्तो फिल्म भए सिफारिस गर्नूस म दाहालजीलाइ लिएर हेर्न जान्छु', नेता नेपालले भने ।
प्रकाशित मिति:
January 26, 2015