'जेठ १७ देखि विद्यालय पुनःसञ्चालन गर्न तयार छौँ'
जेठ । शैक्षिक सङ्घसंस्थाहरुले यही जेठ १७ गतेदेखि विद्यालय पुनःसञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा शैक्षिक क्षेत्रका विज्ञले भूकम्पको त्रास कम गर्न र मानिसको जनजीवनलाई सामान्यीकरणतर्फ उन्मुख गराउनकै लागि भए पनि विद्यालय सञ्चालन गर्न आवश्यक रहेको ठह¥याएका छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले औपचारिक पठनपाठन गर्न केही समय लागे पनि अनौपचारिक रुपमा मनोपरामर्श प्रदान गर्नकै लागि भए पनि विद्यार्थीलाई विद्यालयमा आउने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिए ।
त्रिविका उपकुलपति हिराबहादुर महर्जनले काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पस पूर्ण रुपमा क्षतिग्रस्त भएको बताउँदै यही जेठ २२ गतेदेखि क्याम्पसमा पठनपाठन सुरु गरिने जानकारी दिए । शिक्षाविद् डा विद्यानाथ कोइरालाले भूकम्पको त्रास अझै रहेकाले बालबालिकालाई यसबाट मुक्त गराउन विद्यालय सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति:
May 23, 2015