प्रचण्ड-बाबुरामबीच एउटै स्टेजमा घोचपेच
काठमाडौं, २७ असार । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईले एउटै स्टेजबाट एक अर्कालाई घोचपेच गरेका छन् ।
राजधानीमा आयोजित एक प्रशिक्षण कार्यक्रममा आफ्ना कार्यकर्ताकै अगाडी भट्टराईले नयाँ नेतृत्व बनाउनुपर्ने भन्दै अध्यक्ष दाहालमाथि प्रहार गरे । दाहालले भने पार्टीलाई कम्युनिष्ट भन्न समेत नसुहाउने भईसकेको भन्दै भट्टराईलाई गुटबन्दीको संज्ञा दिए ।
राजधानीको नाचघरमा आयोजित कार्यक्रममा अध्यक्ष तथा उपाध्यक्षद्धय भट्टराई र नारायणकाजी श्रेष्ठ एउटै मञ्चमा थिए । कार्यक्रममा भट्टराईले प्रचण्ड नेतृत्व माथि नै हमाला गर्दै घुमारो पारामा दाहाललाई साथ दिएर पार्टी अघि बढ्न नसक्ने तर्क गरे । उनले भने, ‘महादेवले सतिदेविको लाश बोकेजस्तो गरेर पूरानो नेतृत्वलाई बोकेर काम छैन ।’
आफ्नो पालो कुरेर बसेका अध्यक्ष दाहालले पनि भट्टराईप्रति केन्द्रित हुँदै स्वार्थै स्वार्थको गुटजस्तो पार्टी भएको प्रतिक्रिया सोही स्टेजबाट फर्काए । ‘हाम्रो पार्टी कम्युनिष्ट पार्टी नै भन्न नमिल्ने जस्तै भइसकेको छ, उनले भने, स्थार्थै स्वार्थले भरिएको गुटजस्तो भएको छ पार्टी ।’
कार्यक्रममा भट्टराईले आफू अल्छी भएर काम गर्नेलाई दुरुत्साहीत पार्ने प्रवृत्ति पार्टीमा विकास भएको भन्दै काम गर्नेका विरुद्ध कराएर, सरापेर केही नहुने बताएका थिए । भट्टराईले गत मंसिर २८ गते केन्द्रिय समितिको बैठकमा पेश भएको नेतृत्व परिवर्तन सम्वन्धी प्रस्तावबारे छिट्टै निर्णय लिनुपर्ने तर्क गर्दै नयाँ नेतृत्वको माग समेत गरे । अब नयाँ बिचार अनुसार संगठन र नेतृत्वको विकास गर्नुपर्ने उनको भनाई थियो । भट्टराईले हलभरी खचाखच भरिएका कार्यकर्ताबीच आफ्नो नेतृत्व परिवर्तनको प्रस्तावमा सहयोग गर्न युवापंतीलाई सार्वजनिक आह्वान गर्न भ्याए ।
दाहालले भने, भट्टराईको नयाँ नेतृत्वलाई गुटबन्दीको संज्ञा दिए । उनले भने, ‘हामी नयाँ नयाँ भन्दै हिँडेका छौं, समानान्तर कमिटी बनाइरहेका छौं । नयाँ भनेको के हो ? समानान्तर कमिटी हो ? नयाँ भनेको गुटबन्दी हो ?’
दाहालले पार्टी भित्र आयोजित छुट्टै भेलाप्रति आक्रोश समेत पोखे । प्रचण्डले भने, ‘कार्य्दिशा एउटै छ, तर गुट बनाउन छाडेका छैनौं, के हो यो ?’ दाहालले आफ्नो पार्टी बुर्जुवाजस्तो बनेको समेत टिप्पणी गर्न भ्याए । शान्ति प्रक्रियामा आएपछि सामन्त दलाल र बुर्जुवाहरुसँग उठबस गर्ने क्रममा आफ्नो पार्टी थाहै नपाई बुर्जुवाजस्तो बनेको उनको भनाई छ ।
दाहालले पार्टी बिग्रिएको समेत स्वीकार भने गरेका थिए । तर, पार्टी बिग्रनुको दोष पनि उनले भट्टराईकै थाप्लोमा खनाए । पार्टीमा समानान्तर गुटहरु छन्, एउटा होइन, ८,९ वटासम्म समानान्तर कमिटिी छन् एउटा जिल्लामा, यसलाई करेक्सन नगरे पार्टी विघटन हुनबाट कसैले रोक्न सक्दैन ।
यसअघि, राजधानीमा बाबुराम समूहले छुट्टै भेला गरेको थियो । उसले दाहाल समूहले छुट्टै भेला गरेर गुटबन्दी सुरु गरेको आरोप समेत लगाएको थियो । सोही समयदेखि एमाओवादीमा पुनः गुटबन्दी विवाद बल्झिएको हो ।
राजधानीमा आयोजित एक प्रशिक्षण कार्यक्रममा आफ्ना कार्यकर्ताकै अगाडी भट्टराईले नयाँ नेतृत्व बनाउनुपर्ने भन्दै अध्यक्ष दाहालमाथि प्रहार गरे । दाहालले भने पार्टीलाई कम्युनिष्ट भन्न समेत नसुहाउने भईसकेको भन्दै भट्टराईलाई गुटबन्दीको संज्ञा दिए ।
राजधानीको नाचघरमा आयोजित कार्यक्रममा अध्यक्ष तथा उपाध्यक्षद्धय भट्टराई र नारायणकाजी श्रेष्ठ एउटै मञ्चमा थिए । कार्यक्रममा भट्टराईले प्रचण्ड नेतृत्व माथि नै हमाला गर्दै घुमारो पारामा दाहाललाई साथ दिएर पार्टी अघि बढ्न नसक्ने तर्क गरे । उनले भने, ‘महादेवले सतिदेविको लाश बोकेजस्तो गरेर पूरानो नेतृत्वलाई बोकेर काम छैन ।’

कार्यक्रममा भट्टराईले आफू अल्छी भएर काम गर्नेलाई दुरुत्साहीत पार्ने प्रवृत्ति पार्टीमा विकास भएको भन्दै काम गर्नेका विरुद्ध कराएर, सरापेर केही नहुने बताएका थिए । भट्टराईले गत मंसिर २८ गते केन्द्रिय समितिको बैठकमा पेश भएको नेतृत्व परिवर्तन सम्वन्धी प्रस्तावबारे छिट्टै निर्णय लिनुपर्ने तर्क गर्दै नयाँ नेतृत्वको माग समेत गरे । अब नयाँ बिचार अनुसार संगठन र नेतृत्वको विकास गर्नुपर्ने उनको भनाई थियो । भट्टराईले हलभरी खचाखच भरिएका कार्यकर्ताबीच आफ्नो नेतृत्व परिवर्तनको प्रस्तावमा सहयोग गर्न युवापंतीलाई सार्वजनिक आह्वान गर्न भ्याए ।
दाहालले भने, भट्टराईको नयाँ नेतृत्वलाई गुटबन्दीको संज्ञा दिए । उनले भने, ‘हामी नयाँ नयाँ भन्दै हिँडेका छौं, समानान्तर कमिटी बनाइरहेका छौं । नयाँ भनेको के हो ? समानान्तर कमिटी हो ? नयाँ भनेको गुटबन्दी हो ?’
दाहालले पार्टी भित्र आयोजित छुट्टै भेलाप्रति आक्रोश समेत पोखे । प्रचण्डले भने, ‘कार्य्दिशा एउटै छ, तर गुट बनाउन छाडेका छैनौं, के हो यो ?’ दाहालले आफ्नो पार्टी बुर्जुवाजस्तो बनेको समेत टिप्पणी गर्न भ्याए । शान्ति प्रक्रियामा आएपछि सामन्त दलाल र बुर्जुवाहरुसँग उठबस गर्ने क्रममा आफ्नो पार्टी थाहै नपाई बुर्जुवाजस्तो बनेको उनको भनाई छ ।
दाहालले पार्टी बिग्रिएको समेत स्वीकार भने गरेका थिए । तर, पार्टी बिग्रनुको दोष पनि उनले भट्टराईकै थाप्लोमा खनाए । पार्टीमा समानान्तर गुटहरु छन्, एउटा होइन, ८,९ वटासम्म समानान्तर कमिटिी छन् एउटा जिल्लामा, यसलाई करेक्सन नगरे पार्टी विघटन हुनबाट कसैले रोक्न सक्दैन ।
यसअघि, राजधानीमा बाबुराम समूहले छुट्टै भेला गरेको थियो । उसले दाहाल समूहले छुट्टै भेला गरेर गुटबन्दी सुरु गरेको आरोप समेत लगाएको थियो । सोही समयदेखि एमाओवादीमा पुनः गुटबन्दी विवाद बल्झिएको हो ।
प्रकाशित मिति:
July 12, 2015