बन्दले जाजरकोटका ९० हजार बालबालिका पढार्इबाट वञ्चित
२९ साउन । जाजरकोटमा सोमबारदेखि भएको अनिश्चितकालीन बन्दका कारण ९० हजार विद्यार्थी बढ्नबाट वञ्चित भएका छन् ।

स्वाइनफ्लु रोगका कारण र यार्सागुम्बा टिप्न विद्यार्थी जाँदा बन्द भएको पठनपाठन अहिलेको आन्दोलनले पूर्ण बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । सदरमुकाम, दल्ली, कालीमाटी, थलह, मोर्क, चौखालगायतका मुख्य बजारमा दैनिक नाराबाजी हुनुका साथै बन्द हँुदा यहाँको जनजीवन प्रभावित भएको छ । सदरमुकामका सरकारी, सङ्घसंस्था र काम पूरै ठप्प भएको छ ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने नागरिक आन्दोलनका संयोजक राजेन्द्रविक्रम शाहले बताए । शुक्रबार पनि बन्द जारी रहँदा यहाँको जनजीवन प्रभावित भएको छ । विद्यालय खुलेमा तोडफोड हुने डरले बन्द गर्न बाध्य भएको त्रिभुवन उच्चमाविका प्राचार्य हेरम्बबहादुर शाहले बताए ।
प्रकाशित मिति:
August 14, 2015