दाङका विद्यालय खुले, जिल्ला बन्द भने यथावत्
२९ साउन । दाङका विद्यालय आजदेखि खुलेका छन् । थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति दाङले आजदेखि जिल्लाका सम्पूर्ण विद्यालय र विद्यार्थी आवतजावत गर्ने विद्यालयका सवारी साधनलाई सञ्चालन गर्न दिने बिहीबार घोराहीमा गरिएको छलफल कार्यक्रममा सहमति जनाएपछि आजदेखि जिल्लाका सम्पूर्ण विद्यालय र शिक्षण संस्थाहरु खुलेका हुन् ।
तर जिल्ला बन्द भने यथावत् रहेको थारु सङ्घर्ष समितिले जनाएको छ ।
यसैबीच दाङ बन्दको तेस्रो दिन आज पनि जिल्लाको जनजीवन प्रभावित नै बनेको छ । बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन कुनै पनि सञ्चालन हुन सकेका छैनन् ।
यहाँका बजार, कलकारखाना, उद्योगधन्दा पूर्णरुपमा ठप्प रहेका छन् । बजारमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको उपस्थितिलाई कडा पारिएको छ ।
बन्दको विकल्प खोज्न नागरिकले बन्दकर्तासँग माग गरेका छन् ।

प्रकाशित मिति:
August 14, 2015