चालिस दिनदेखि बन्द नवलपरासीका विद्यालय अझै खुलेनन्
परासी, ३१ भदौ । नवलपरासीमा विगत ४० दिनदेखि लगातार सदरमुकाम परासीसहित जिल्लाको दक्षिण क्षेत्रका विद्यालय बन्द हुँदा हजारौँ बालबालिकाको भविष्य अन्योलमा परेको छ ।
मधेसमा जारी आन्दोलनका कारण ती विद्यालय त्रासका कारण बन्द हुँदा सयौँ विद्यालयका हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।
आन्दोलनरत पक्षले बिहानको समयमा विद्यालय सञ्चालन गर्न दिने जनाएपछि गत आइतबार एक दिनमात्र सञ्चालनमा आएका विद्यालय त्यसको भोलिपल्ट सोमबार लिटिल एन्जेल उच्च माविको बस जलाइएपछि त्रासका करण पुनः विद्यालय बन्द हुन पुगेका हुन् ।
लामो समयसम्म यसरी विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको अभिभावकले गुनासो गरेका छन् । यसरी ४० दिनदेखि विद्यालय बन्द हुँदासमेत विद्यालय सञ्चालन गर्न कुनै क्षेत्रमा पनि पहल नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।
प्रकाशित मिति:
September 17, 2015