नेपालको संविधान २०७२ संविधानसभाबाट पारित
काठमाडौं ३१ भदौं । नौ वर्षको अनवरत् प्रयासपछि अन्ततः संविधानसभाले ‘नेपालको संविधान २०७२’ पारित गरेको छ । बुधबार साँझ संविधानको एकमुष्ट विधेयकमा मतदान हुँदा पक्षमा पाँच सय सात र विपक्षमा २५ मत परेपछि सभाध्यक्ष सुभास नेङम्वाङले नेपालको संविधान २०७२ पारित भएको घोषणा गरे ।
अन्तरिम संविधान ०६३ को धारा ७० र संविधानसभा नियमावली ०७० अनुसार मत विभाजनमा संविधानसभाका कुल सदस्य संख्याको दुई तिहाईले संविधानको एकमुष्ट विधेयक पारित गर्नुपर्ने प्रावधान छ । संविधानसभामा हाल पाँच सय ९८ सदस्य कायम छन् । १० दलका ५६ र एक स्वतन्त्र गरी कुल ५७ जनाले मतदान बहिस्कार गरेका छन् । ९१ प्रतिशत सभासद् मतदान प्रक्रियामा सहभागी भए । सोअनुसार संविधानको विधेयकका पक्षमा पाँच सय सात मत परेकाले संविधान पारित भएको हो । विपक्षमा परेको २५ मत राप्रपा नेपालको रहेको छ । राजसंस्था, प्रत्यक्ष कार्यकारी र हिन्दुराष्ट्रका विषयमा फरक मत राख्दै आएको राप्रपा नेपालले आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएकाले विपक्षमा मतदान गरेको हो ।
संविधान पारित भएपछि संविधानसभामा उपस्थित सभासदहरूले लामो समयसम्म ताली बजाएका खुसी व्यक्त गरेका थिए । यसरी पारित भएको संविधान आगामी ३ असोजमा संविधानसभाको अन्तिम बैठकमार्फत राष्ट्रपतिले सार्वजनिक गरी लागू भएको घोषणा गर्नेछन् ।
यो बीचमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई पदेन अध्यक्ष रहने आनुसंगिक समितिले पारित भएका धाराहरुको क्रम मिलाउने काम गर्नेछ । सो समितिमा कार्यव्यवस्था परामर्श समितिले तोकेका चारजना सदस्य रहनेछन् ।
समितिले संविधानलाई क्रम मिलाएर अन्तिम रूप दिएपछि नेपाली कागजमा पाँच प्रति छाप्नेछ । अनुसांगिक समितिले पारित भएको विधेयकमा आवश्यक भाषा शुद्धाशुद्धी र धाराहरूको क्रम मिलाउने काम गर्नेछ । त्यसपछि १ असोज बिहान ९ बजेदेखि ३ बजेसम्म संविधानसभा भवनको ल्होत्से हलमा संविधानको पाँच प्रतिमा सभासदहरूले हस्ताक्षर गर्ने छन् । सबै सभासद्को हस्ताक्षर सकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्ने छन् । त्यसपछि असोज ३ गते साँझ ५ बजे विशेष समारोहका बीच राष्ट्रपति डा। रामवरण यादवले संविधान जारी गर्ने छन् । संविधान जारी गर्न राष्ट्रपति आउँदा उनको भव्य स्वागत गरिने भएको छ ।
आइतबार सुरु भएको विधेयक पारित गर्ने क्रम चारदिन लगाएर बुधवार साँझ सकिएको हो । तीन सय दुई धारा रहेको संविधानको विधेयकमा संशोधनमार्फत ६ धारा थपिएपछि तीन सय आठ पुगेको छ । ती सबै धारा र त्यसमा परेको संशोधनसमेत नियमावली अनुसार एक–एक गरी पारित गर्दै जानुपर्ने भएकाले चार दिन लागेको हो ।
संविधानको प्रस्तावना मात्र ५० वटा संशोधन प्रस्ताव परेको थियो । ती प्रस्ताव राख्ने मध्येका अधिकांशले अन्त्यमा फिर्ता गरेका थिए । केही संशोधन प्रस्तावलाई भने संविधानसभाको बहुमत सदस्यले अस्वीकृत गरेका थिए ।

प्रकाशित मिति:
September 17, 2015