वार्ताको ढोका खुल्ला राख्ने मधेसी मोर्चाको निर्णय
काठमाडौँ, ३१ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका विषयवस्तुमा प्रमुख राजनीतिक दलसँग छलफल गर्न वार्ताको ढोका खुल्ला राख्ने निर्णय गरेको छ ।
मोर्चाआबद्ध चार मधेस केन्द्रित राजनीतिक दलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकार भने वार्ताद्वारा समस्याको समाधान खोज्न गम्भीर नभएको आरोप लगाएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका महासचिव मनिष सुमनद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जारी आन्दोलनलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
सङ्घीय प्रदेशसहितका विषयवस्तुसँग जोडिएर भएको अहिंसात्मक एवम् शान्तिपूर्ण आन्दोलनमा सहभागी भइरहेका जनतालाई दबाउन खोजिएको भन्दै मोर्चाले आपत्ति जनाएको छ । आन्दोलनका क्रममा मारिएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि र शोक व्यक्त गर्दै मोर्चाले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति:
September 17, 2015