सिरहाको माडरमा स्वचालित पेस्तोलसहित एक पक्राउ
३१ भदौ । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा बुधबार राति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरीक्षक महेश श्रेष्ठले जाँचको क्रममा सिरहाको इटारी प्रसाही गाविस–४ का २८ वर्षीय लेखनाथप्रसाद यादवलाई पक्राउ गरिएको बताए ।

प्रकाशित मिति:
September 17, 2015