'नेपालको पानीलाई लगेर हराभरा बनाउन खोज्दैछ भारत'
ज्योती बानियाँ
भारतीय गुप्तचर संस्थाका पुर्व अधिकारीहरुले लेखेको किताबहरुलाई मात्रै अध्यान गर्दा खेरी पनि के बुझिन्छ भने नेपालमा अहिले देखिएको संकट नाकाबन्दी चाहिँ अहिले तत्काल तयार भएको उनिहरुको कार्ययोजना होइन ।
यो धेरै अगाडी इन्दिरा गान्धीको पालादेखी नै नेपालको तल्लो बेल्ट जुन उहांहरुले खोजीरहनु भएको कुरा चाहिँ 'बफर स्टेट', छुट्टै एउटा राज्य बनाएर राख्ने र माथिल्लो बेल्ट चाहिँ बिशेस गरी अलि तरल अवस्थामा रखीरहने चाहे त्यो जातिय होस चाहे राजनीतिक अस्थिरता होस त्यो अवस्था गरिरहने र यहाँको तल्लो बेल्टलाई बफर स्टेटको रुपमा रखिसकेपछी माथिल्लो बेल्टलाई तरल अवस्था बनाएर राखिरहने अवस्था हो कि भन्ने देखिन्छ । यो प्रत्यक नेपाली नगरिकले बुझ्नुपर्ने कुरा हो ।
नेपालमा भएको पानीलाई टनेलबाट बिभिन्न नाका बाट लिएर गएर फेरी हराभरा बनाउन खोजिएको अवस्था छ त्यस्को लागी जो तयार हुन्छ, माइक्रो म्यानेज्मेन्ट गरिरहेको अवस्था छ । जो-जो आफ्नो लागी सहज हुन्छ, तिनिहरुलाई माइक्रो म्यानेजमेन्टको नामबाट रख्न खोजिएको अवस्था छ । राज्यसत्ता होस्, खर्दारदेखी लिएर माथिल्लो पदमा आफुले हुन्छ बहादुरहरुलाई लगेर राख्ने स्थिती बनिरहेको अवस्था छ । त्यही रणनितिक योजनामा बिभिन्न पक्षहरु नेपालमा परिरहेको अवस्था छ ।
अधिवक्ता बानियाँसँग रेडियो सगरमाथाको कार्यक्रम रेडियो कुराकानीमा आधारित, पत्रकार निरा रानाभाटको फेसबुकबाट
प्रकाशित मिति:
October 30, 2015