चीनद्धारा नेपालको खुलेरै समर्थन, सार्वभौमिकताको रक्षामा जोड
काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीनले नेपालको पक्षमा खुलेरै समर्थन जनाएको छ । चीनले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयासको समर्थन गर्दै नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
चीनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले नेपालको नयाँ राष्ट्रपति विद्या भण्डारीलाई बधाई दिँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने नेपालको प्रयासलाई सघाउने स्पष्ट पारेका हुन् ।
नयाँ संविधान जारी भएसँगै दक्षिणी छिमेकी भारतले नाकाबन्दी लगाएपछि मुलुकभरको जनजीवन कष्टकर बनेको छ । उत्तरी छिमेकी राष्ट्र चीन भने नेपाललाई सहयोग गर्न तत्पर देखिएको हो ।
प्रकाशित मिति:
October 29, 2015