मधेस आन्दोलनः आखिर के चाहन्छ भारत ?
पम्प नेपाली तर तेल भारतको
दर्शक नेपाली चलचित्र भारतको
आन्दोलन नेपाली लगानी भारतको
नेता नेपाली नेतृत्व भारतको
संविधान नेपाली तर मनोमानी भारतको
प्रस्तुत पक्तिहरु सामाजिक सञ्जाल ट्विटरमा ट्विटे पुजा मिश्रले ट्विटिएकी हुन् । असोज ३ मा संविधान जारी भएपछि नेपालमा नयाँ दक्षिणी भागमा केही मधेसी समुदायले आन्दोलन गरिरहेका छन् । सरकारले पटक पटक वार्तामा बोलाउँदा पनि उनीहरु वार्ताको बेवास्ता गर्दै नाका बन्द गराउनेममा लागेका हुन् । दक्षिणी छिमेकी भारतले भने नेपालको संविधान बनेकोमा असन्तुष्टि जनायो । उसले बधाई दिएन भने उल्टै अघोषित रुपमा नाकाबन्दी लगाईरहेको छ ।
लामो नाकाबन्दीले मुलुक नै अस्तव्यस्त बनेको छ । सिमा नाकाबाट राजधानी फर्किएकाहरुका अनुसार सिमामा धर्ना तथा आन्दोलनमा संलग्नहरुलाई दिनहुँ तलब दिने गरिएको छ । उनीहरुलाई मासु भातसहित दिनको ३ सय ५० दिने गरिएको छ । भारतले आन्दोलनकारीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका कारण देश भित्रको समस्या हल हुन नसकेको जानकारहरुले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
के चाहन्छ भारत ?
भारतले २०४५ सालमा नाकाबन्दी लगाएको थियो । सो समयमा उसले आफू अनुकुलको सन्धी सम्झौता गराउन बाध्य गराउन लामो समय नाकाबन्दी गर्यो । पुनः भारतले नाकाबन्दी लगाएको छ । अहिले भारतको चाहना नेपालको जल सम्पदा कब्जा गर्नु रहेको देखिन्छ । भारतले मधेसी समुदायलाई हतियार बनाएर आफ्ना शर्त पूरा गराउने मुख्य ध्येय राख्दा नेपालमा समस्या बढेर गएको हो ।
तराईका सम्पूर्ण जिल्लाहरु मात्र राखेर तराई मधेशमा दुई प्रदेश बनाइनु पर्ने, सो सम्भव नभए पूर्वी मधेशमा कोशी नदीको दुबैतिरको जिल्ला दुई नम्बर मधेश प्रदेशमा राखिनु पर्ने र पश्चिम तराईको पाँच नम्बर प्रदेशमा कर्णाली नदीको दुबैतिरका जिल्ला राखेर बनाइनु पर्ने शर्त भारतले अप्रत्यक्ष रुपमा अघि सारेको छ । आफू अनुकुल कोशी र कर्णाली नदी भारतको नियन्त्रणमा लिन सहज हुने तवरले भारतले यस्तो माग अघि सारेको हो ।
भारतले केन्द्रीय संसदमा तराईको जनसंख्याको आधारमा बहुमत सांसद संख्या हुनु पर्ने नेपालको नदीनाला र ठुला ठेक्काहरुमा भारतीय कम्पनिलाइ प्राथमिकता दिइनु पर्ने, नेपालका ठुला र मझौला नदीहरुमा उच्च वाँध वनाएर पानी जम्मा गरि पानी कम हुने मौसममा भारतलाई पानी दिइने गरि नयाँ सम्झौता गरिनु पर्ने शर्त अघि सारेको अधिकारीहरुको दाबी छ ।
भारतको यस्तो शर्तका कारण नाकाबन्दी खुलाउन भारत गएका नेपालका मन्त्रीहरु रित्तो हात फर्कने गरेका छन् । नयाँ सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा केही समय अगाडी भारत गएर उच्च भेटघाट गरेपनि उनी पनि रित्तो हात फर्किएका थिए ।
प्रकाशित मिति:
October 27, 2015