आन्दोलनकारीलाई यस्तो छ भारतको सहयोग
कात्तिक १६ । आन्दोलनकारीसँग भारतीय प्रशासनको मिलेमतोमा वीरगञ्ज नाका फेरि ठप्प भएको छ । नेपाली भूमिमा रोकिएका भारतीय गाडीहरु फर्केपछि वीरगञ्जको रक्सौल नाका फेरि बन्द भएको हो ।
सिमामा खटिएका नेपाली प्रहरी अधिकारीहरुले भारतीयले सहयोग नगर्दा नाका खुल्न नसकेको गुनासो गरेका छन् । भारतीय भूमिबाट नेपालतर्फ खुलेखुलाम ढुंगा प्रहार गर्ने तथा उतै पट्टि नाका अवरोध गर्दा समेत भारतीय प्रशासन आँखा चिम्लिएर बसेको छ । आन्दोलनलाई खुलेखुलाम क्रियाकलाप गर्न भारतीय पक्षले छुट दिँदा नेपाल पक्षलाई अप्ठ्यारो परेको छ ।
प्रहरीले नेपाल भारत सीमामा धर्नामा बसेका आन्दोलनकारीहरुलाई लखेटेर नाका खुलाए पनि आन्दोलनकारीहरु अर्को बाटोबाट भारतीय भूमि हुँदै सीमा कब्जा गरेका छन् । भारतीय पक्षले भने आन्दोलनकारीलाई हटाउनुको सट्टा उल्टै चुप लागेर सहयोग गरेको छ । सिमापारीबाट नेपाल प्रहरीमाथि पटक पटक ढुंगा प्रहार हुँदै आएको छ ।
प्रकाशित मिति:
November 02, 2015