यसरी मारिएका थिए नेपाली भूमिमा भारतीय युवक (भिडियोसहित)
कात्तिक । आफ्नो देशको निर्दोष नागरिकलाई गोली हानेर हत्या गरेको भारतीय पक्षले आरोप लगाईरहँदा घटनास्थलमा सम्बन्धित एक भिडियो भाइरल बनेको छ । भिडियोमा मृत्यु हुने युवकले प्रहरीमाथि ढुंगामुडा गरिरहेको देख्न सकिन्छ । भारतीय पक्षले निर्दोष भारतीयको मृत्यु भएको बताइरहँदा यस भिडियोले मधेस आन्दोलनमा भारतीयको घुसपिठ भएको स्पष्ट पारेको छ ।
भिडियो पुष्टि हुन बाँकी छ । तर, विभिन्न मिडियामा आएका तस्बीर, गोली चलेको लोकेशनको आधारमा मृत्यु हुने आन्दोलनमा प्रत्यक्ष संलग्न रहेको पुष्टि गरेको छ । जुन भिडियो यस्तो छ:
वीरगन्जस्थित नेपाली भूमिमा सोमबार प्रहरीको गोली लागि नेपाली भूमिमा आन्दोलनमा संलग्न एक भारतीयको मृत्यु भएको थियो ।
गृह मन्त्रालयले प्रहरी चौकीमा पेट्रोल बम प्रहार गर्ने र ड्युटिमा खटिएका प्रहरीलाई ढुंगा प्रहार गर्दै भारतीय सीमाबाट उत्तर वीरगन्ज बजारतर्फ अघि बढेको भीडलाई नियन्त्रणमा लिन गोली चलाउँदा २४ वर्षिय भारतीय युवक आशिष कुमार रामको निधन भएको स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रहरीलाई ढुंगामुडा गर्ने ५ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको र ती मध्ये दुई जना भारतीय रहेको समेत जनाएको छ ।
भारतीय युवकको निधनसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर चासो राखे, विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरेर निर्दोष भारतीय नागरिकको मृत्यु भएको जनाइरहँदा आन्दोलनमा पक्राउ पर्नेहरु भारतीय रहेको र ढुंगा हानिरहेका व्यक्तिको मृत्यु हुँदा उनी समेत भारतीय नागरिक रहेको खुलेको छ ।
प्रकाशित मिति:
November 04, 2015