पेट्रोल ल्याएको निहुँमा मोर्चाका कार्यकर्ताले जिउँदै आगो लगाए
मोरङ १० मंसिर । मधेसी मोर्चाका कार्यकर्ताले एक व्यक्तिलाई जिउँदै जलाउने प्रयास गरेका छन् ।
बन्दको अवज्ञा गरी भारतबाट पेट्रोल ल्याएको भन्दै मोरङ भाथिगठ–७ का २८ वर्षीय बब्लु राजबंशीलाई मधेसी मोर्चाका कार्यकर्ताले जिउँदै जलाउने प्रयास गरेका छन् ।
पेट्रोल लिएर आउँदै गरेका राजवंशीलाई मोर्चाका कार्यकर्ता र स्थानीय युवाले बन्दको बेला किन पेट्रोल ल्याएको भन्दै पेट्रोल खोसेका थिए। राजवंशीले पेट्रोल दिन नमानेपछि मोर्चाका कार्यकर्ताले जर्किन खोसेर उक्त पेट्रोल राजवंशीमाथि खन्याएर आगो लगाईदिएका छन् ।
पेट्रोल छर्केर आगो लगाइएका राजवंशीको शरीरका धेरै भाग जलेको उनका भाईले जनाएका छन् । उनलाई उपचारको लागि कोशी अंचल अस्पताल लगिएको थियो।
डाक्टरको अंचल अस्पतालमा उपचार हुन नसक्ने बताएपछि राजवंशीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको छ।
प्रकाशित मिति:
November 26, 2015